काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल)को २८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा शुक्रबार भर्चुअल माध्यमबाट गरिएको भएको हो ।
सभाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट घोषणा गरेको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश पारित गरेको छ ।
सभामा संचालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष सुरेशलाल श्रेष्ठले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण पेश गरेका थिए ।
कम्पनीले गत आव २०७७/७८ मा १ अर्ब ९० करोड ३६ लाख ११ हजार बीमा शुल्क आर्जन गरी ३४ करोड ७९ लाख खुद नाफा कमाएको थियो ।