म्यानपावर कम्पनी वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले वैदेशिक रोजगार व्यवसायमा संलग्न म्यानपावर कम्पनीलाई वर्गीकरण गर्ने भएको छ । वैदेशिक रोजगारलाई व्यवस्थित एवं मर्यादित बनाउन त्यसो गर्न लागिएको हो ।

 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले म्यानपावर कम्पनीको मापदण्ड तथा स्तर निर्धारण गरी वर्गीकरण गर्न आवश्यक सूचक तथा कार्यविधि तयार गर्न मन्त्रालयका सहसचिव राजिव पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

 

बिहीबार गठन भएको कार्यदलमा वैदेशिक रोजगार कार्यालयका प्रमुख, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक तथा म्यानपावर कम्पनीका प्रतिनिधि सदस्य रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको निजी सचिवालयले जनाएको छ । हाल मुलुकमा ८६० म्यानपावर कम्पनी दर्ता छन् ।

आगामी महिनादेखि कुर्था-जयनगर रेल चलाउने तयारी, कति तोकियो भाडा ? Read Previous

आगामी महिनादेखि कुर्था-जयनगर रेल चलाउने तयारी, कति तोकियो भाडा ?

ठेक्का लागेको ३ वर्ष बित्दा पनि सुरु भएन कोटेश्वरमा आकाशे पुल निर्माण Read Next

ठेक्का लागेको ३ वर्ष बित्दा पनि सुरु भएन कोटेश्वरमा आकाशे पुल निर्माण