आधाफिट बाक्लो हिउँ परेपछि त्रिभुवन राजपथमा यातायात अवरुद्ध

काठमाडौं । गए रातिदेखि परेको अविरल वर्षाका कारण त्रिभुवन राजपथको सिमभञ्ज्ङ र अघोरमा बाक्लो हिउँ पर्नाले आज बिहान २ बजेदेखि हेटौँडा काठमाडौँतर्फको यातायात अवरुद्ध भएको पालुङ इलाका प्रहरी कार्यालयले जनाएको छ ।

 

बिहीबार राति परेको हिउँ करिब ६ इन्च बाक्लो भएको र पानी परिररहेकाले मौसममा सुधार नआएसम्म हिउँ पन्छाउन कठिनाइ उत्पन भएको थाहा नगरपालिकाका प्रमुख लवशेर विष्ट बताए।

 

हेटौँडाबाट काठमाडौँतर्फ प्रस्थान गरेका सवारी त्रिभुवनराजपथको अघोरमा रोकिएको र आज अपराह्नसम्म मौसम सुधार भएमा हिउँ पन्छाएर यातायात सञ्चालन गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

 

त्रिभुवन राजपथमा यातायात अवरुद्ध भए पनि पूर्वपश्चिम राजमार्ग र भीमफेदी–कुलेखानीतर्फ यातायात सेवा आज बिहानैदेखि सञ्चालन भइरहेको प्रवक्ता रिमालले बताए। अहिले हेटौँडासहित जिल्लाका विभिन्न भागमा चट्याङ परिरहेको पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

सवा ५ करोडको आइपीओ ल्याएको जाल्पा लघुवित्तमा एनजीओ र बैंकको लगानी, कसको हिस्सा कति ? Read Previous

सवा ५ करोडको आइपीओ ल्याएको जाल्पा लघुवित्तमा एनजीओ र बैंकको लगानी, कसको हिस्सा कति ?

आगामी महिनादेखि कुर्था-जयनगर रेल चलाउने तयारी, कति तोकियो भाडा ? Read Next

आगामी महिनादेखि कुर्था-जयनगर रेल चलाउने तयारी, कति तोकियो भाडा ?