नेप्सेको सीईओमा कृष्णबहादुर कार्की नियुक्त

काठमाडौं । सरकारले नेपाल स्टक एकसचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कृष्णबहादुर कार्कीलाई नियुक्त गरेको छ ।

 

यही माघ १७ गतेको मन्त्रिपरिषद्को बैठकले पाल्पाका कार्कीलाई ४ वर्षका लागि नेप्सको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

 

कार्की केशवप्रसाद श्रेष्ठ र रमेशकुमार भण्डारीलाई पछि पार्दै नेप्सेको सीईओ नियुक्त भएका हुन् । नेप्सेको सीईओका लागि ११ जनाले आवेदन दिएका थिए । सो मध्येबाट छनोट समितिले कार्की, श्रेष्ठ र भण्डारीलाई सर्टलिष्ट गरेको थियो । सोही मध्येबाट मन्त्रिपरिषदको बैंठकले कार्कीलाई सीईओमा नियुक्त गरेको हो ।

 

तत्कालीन सीईओ चन्द्रसिंह साउदले सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएपछि ६ महिना अघि राजीनामा दिएका थिए । त्यसपछि नेप्सेको प्रमुख पद खाली रहँदै आएको थियो । पाल्पाका कार्कीले अर्थशास्त्र र जनप्रशासनमा स्नातकोत्तर गरेका छन् ।

जाल्पा सामुदायिक लघुवित्तको आइपीओ खुल्यो, कति कित्ता भर्ने ? Read Previous

जाल्पा सामुदायिक लघुवित्तको आइपीओ खुल्यो, कति कित्ता भर्ने ?

सवा ५ करोडको आइपीओ ल्याएको जाल्पा लघुवित्तमा एनजीओ र बैंकको लगानी, कसको हिस्सा कति ? Read Next

सवा ५ करोडको आइपीओ ल्याएको जाल्पा लघुवित्तमा एनजीओ र बैंकको लगानी, कसको हिस्सा कति ?