इन्धनको मूल्य बढ्यो, पेट्रोलको भाउ अहिलेसम्मकै उच्च

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोलियम पदार्थको कारोबारबाट चर्को घाटा बेहोरेको निगमले इन्डियन आयल कर्पोरेशन (आइओस)लाई इन्धन खरिदबापतको रकम अपुग भएपछि डिजेल, पेट्रोल, मट्टितेल र हवाई इन्धनको मूल्यवृद्धि गरेको हो ।

 

निगमले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिर १० तथा अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्यमा प्रतिकिलोलिटर १०० अमेरिकी डलर वृद्धि गरेको हो ।

 

मूल्यवृद्धि भएसँगै पेट्रोलको मूल्य १४२ रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै उच्च हो । यसअघि २०७० मा प्रतिलिटर १४० रुपैयाँ पुगेको थियो ।

 

त्यस्तै, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १२५ रुपैयाँ, हवाई इन्धन (आन्तरिक)को प्रतिलिटर ११६ र हवाई इन्धन (अन्तर्राष्ट्रियतर्फ) प्रतिकिलोलिटर १ हजार ९५ अमेरिकी डलर पुगेको छ । एलपी ग्यासमा अत्यधिक घाटा भए पनि ग्यासको मूल्य यथावत राखिएको निगमले जनाएको छ ।

 

मूल्य वृद्धिपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर १३ रुपैयाँ २३ पैसा, डिजेलमा प्रतिलिटर ११ रुपैयाँ १३ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ५६० रुपैयाँ नौ पैसा घाटा छ भने मट्टितेलमा प्रतिलिटर १८ रुपैयाँ १२ पैसा, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँ ५० पैसा र बाह्य इन्धनमा प्रतिलिटर ३२ रुपैयाँ ७२ पैसा नाफा छ ।

 

राष्ट्र बैंक र आईएफसीबीच साइकोमेट्रिक स्कोरिङसम्बन्धी समझदारी Read Previous

राष्ट्र बैंक र आईएफसीबीच साइकोमेट्रिक स्कोरिङसम्बन्धी समझदारी

महाकालीमा नेपाल-भारत जोड्ने पक्की पुल बनाइने Read Next

महाकालीमा नेपाल-भारत जोड्ने पक्की पुल बनाइने