नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने १५ कम्पनी

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको कमब्याक भएको छ । सोमबार दोहोरो अंकले घटेको नेप्से आज सोही गतिमा फर्किएको हो ।

 

सूचकसँगै आज कारोबार रकममा पनि बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम झन्डै डेढ अर्बले बढेर साढे ६ अर्ब नाघेको छ ।

 

मंगलबार नेप्से १९.२६ अंकले बढेर २८९१.३० विन्दुमा पुगेको छ । आज २२३ कम्पनीको ६ अर्ब ५७ करोड ४८ लाख ४२ हजार ४१८ रुपैयाँ बराबरको १ करोड २१ लाख ६७ हजार ६०५ कित्ता सेयर किनबेच भएको छ ।

 

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ९ समूहको परिसूचकमा हरियाली छाएको छ भने ४ समूहको परिसूचक राताम्मे भएको छ । हाइड्रोपावर समूह सबैभन्दा धेरै ३.२२ प्रतिशतले बढेको छ भने विकास उत्पादनमूलक समूह सबैभन्दा धेरै ०.१८ प्रतिशतले घटेको छ ।

 

आज कारोबार भएका २२३ कम्पनीमध्ये १६५ कम्पनीको सेयर मूल्य बढेको छ भने ४८ कम्पनीको घटेको छ । १० कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज नेशनल हाइड्रोको सर्वाधिक कारोबार भएको छ । यसको ३९ करोड बढीको सेयर किनबेच भएको छ । त्यस्तै, अरुण भ्याली हाइड्रोपावर ३७ करोड र अपी पावर ३५ करोड बढीको कारोबार हुँदै शीर्ष तीन कम्पनीमा रहे ।

 

दोहोरो अंकले बढेको बजारमा आज २ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । वीन नेपाल लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने बुद्धभूमि नेपालका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

 

त्यसैगरी, नेशनल हाइड्रो ७.५०, फरवार्ड लघुवित्त ७.२५, युनाइटेड इदीमार्दी ५.९५, मैलुङ खोला ५.५२, साहस ऊर्जा ५.४५, अरुण भ्इाली ५.४३, युनियन हाइड्रोपावर, हिमाल दोलखा, एनएमबी हाइब्रिड फण्ड, घलेम्दी हाइड्रोपावर, गुह्वेश्वरी मर्चेन्ट र न्यादी हाइड्रोपावरको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले बढेको छ ।

 

बढ्दो बजार आज नेरुडे लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै ३.१७ प्रतिशत गुमाएका छन् ।

३ नदीमा पानी जहाज संचालनका लागि अध्ययन गर्न दुई कम्पनी छनोट Read Previous

३ नदीमा पानी जहाज संचालनका लागि अध्ययन गर्न दुई कम्पनी छनोट

सरकारले विश्व बैंकसँग १७ अर्ब सहुलितपूर्ण ऋण लिने Read Next

सरकारले विश्व बैंकसँग १७ अर्ब सहुलितपूर्ण ऋण लिने