एटीआरको वर्चश्व रहेको नेपालमा श्री एयरलायन्सले किन ल्यायो ‘क्यू ४०० ड्यास ८’ जहाज, यस्ता छन् विशेषता

काठमाडौं । सन् २०१७ देखि जेट विमानमार्फत आन्तरिक हवाई सेवा संचालन गरिरहेको श्री एयरलायन्सले नयाँ जहाज थपेको छ । आन्तरिक उडानमा हिस्सा बढाउँदै गएको कम्पनीले क्यू ४०० ड्यास ८ मोडलको टर्बोप्रप इन्जिनयुक्त जहाज भित्र्याएको हो ।

 

कम्पनीले भित्र्याएको यो मोडलको चौथो जहाज हो । श्री एयरलायन्ससँग अब सीआरजे २०० सिरीज र सीआरजे ७०० सिरीजको जेट इन्जिनयुक्त २/२ वटा जहाज रहेको छ । कम्पनीले ८ वटा जहाज भएको छ । कम्पनीले अब जेट इन्जिन युक्त जहाजबाट अन्तर्राष्ट्रिय उडान सेवा समेत छिटै सुरू गर्ने कम्पनीको योजना रहेको छ ।

 

श्री एयरलाइन्सका करपोरेट प्रबन्धक अनिल मानन्धर क्यू ४०० जहाजमा सिटीङ क्यापासिटी अधिकतम ९० रहेको बताउँछन् । उनले एटीआरमा ७० जना प्यासेन्जरको सिट रहेको र क्यू ४०० मा ९० जना सम्मको सिट रहेको बताए ।

 

‘यसमा सबै कुरा राम्रो छ, क्यापासिटी हेरे पनि राम्रो छ, एउटै इन्जिनले पनि आपतकालीन समयमा उडान गर्न सक्छ, एटीआर भन्दा छिटो पनि उड्छ,’ उनले चाणक्य पोष्टसँग भने ।

 

नेपाली आकाशमा आन्तरिक उडानका लागि टर्बोप्रप इन्जिन युक्त जहाजहरूको वर्चश्व रहेको छ । आन्तरिक लामो सुगम रुटमा युरोपियन जहाज एटीआर र क्यानेडियन कम्पनीको क्यू ४०० ड्यास ८ संचालनमा रहेका छन् ।

 

यस्ता छन् क्यू ४०० ड्यास ८ का विशेषताहरू

 

क्यानडाको डे हाभिल्याण्ड एयरक्राफ्ट कम्पनीले उत्पादन गरेको क्यू ४०० ड्यास ८ जहाज ९० सिट सम्मका सिटीङ क्यापासिटी भएको टर्बोप्रप्प इन्जिनयुक्त जहाज हो । यो जहाजमा पीडब्ल्यू १५० ए सिरीजको पावरफुल इन्जिन रहेको छ जसले ५ हजार हर्सपावर उत्पादन गर्दछ ।

 

कम्पनीका अनुसार टेकअफको समयमा यदि कुनै एक इन्जिन फेलिएर भएता पनि यो जहाजले २.४ प्रतिशत ग्रेडियन्ट मेन्टेन गर्न सक्दछ । फलस्वरूप यसले सिंगल इन्जिको सहायताले नै आवश्यक उचाइमा पुग्न सक्दछ । जसको कारण काठमाडौं, तुम्लीङटार, सुर्खेत, भरतपुर जस्ता एयरपोर्टमा पनि कुनै समस्या हुँदैन । यो जहाज सिङ्गल इन्जिनमात्रैबाट पनि १७ हजार ५०० फिटसम्म उडान गर्न सक्छ । यो अन्य जहाजको ११ हजार ५०० फिटमात्र रहेको छ ।

 

यो जहाजको क्याबिनमा एचइपीए फिल्टर समेत रहेकोले कोरोना भाइरस समेत फिल्डर गरी क्यापचर गर्न सक्दछ । उच्च क्लाइम प्रफर्मेन्स रहेको यो जहाज द्रुत गतिको पनि रहेको छ । कम्फर्टेवल क्याबिन रहेको तथा एयरकन्डीसनको सुविधा समेत रहेको छ । आधुनिक प्रविधिको ग्लास ककपिटयुक्त जहाजमा अगाडि वा पछाडि दुवै साइडमा बोर्डिङको अप्सन समेत रहेको छ ।

 

एटीआर र क्यू ४०० को फरक

 

नेपाली आकाशमा युरोपियन विमान एटीआरले विगत लामो समयदेखि एकछत्र राज गरेको छ । नेपालको प्रमुख वायुसेवा कम्पनी बुद्ध एयर र यती एअरलायन्सले क्रमशः १३ वटा र ५ वटा एटीआर संचालन गरिरहेका छन् । नेपाली हवाई इन्डष्ट्रिमा एकदमै सफल एटीआरको जहाजको अहिलेसम्म कुनै ठूलो दुर्घटना भएको छैन । बुद्ध एयरसँग १० वटा ७० सिटर तथा ३ वटा ४२ सिट भएको जहाज रहेको छ भने यती एयरलाइन्सको सबै जहाज ७० सिटे हुन् । एटीआरका लागि बुद्ध एयरले दक्षिण एसीयमै पहिलो ह्याण्ङगर समेत सन्चालनमा ल्याएको छ । जहाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एयरलायन्सका एटीआरका जहाजहरूको सेडुल मर्मत कार्य हुने गरेको छ ।

 

त्यस्तै क्यानेडियन कम्पनी डे हाभिल्याण्ड एयरक्राफ्ट कम्पनीले बनाएको जहाज क्यू ४०० ड्यास ८ टर्बोप्रप युक्त जहाज हो । नेपालमा श्रीएयरलाइन्सले यो मोडलको जहाज उडाइरहेको छ । कम्पनीसँग हाल ४ वटा क्यू ४०० जहाज रहेको छ । आन्तरिक उडानमा जेट इन्जिनयुक्त सीआरजे सिरीजको जहाज उडाइरहेको कम्पनीले उक्त जहाज अन्तर्राष्ट्रिय उडानमा लगाउने भएकोले टर्बोप्रप इन्जिन जहाज क्यू ४०० को संख्या थप्दै गएको हो । ८० सिट क्याबिन कन्फिगर भएको यो जहाज नेपालमा विगत दुई वर्षदेखि सफल संचालन भइरहेको छ ।

 

एटीआरको लम्बाई ८९.२ फिट विण्ङस्प्यान ८८.९ फिट तथा उचाइ २५.१ फिट रहेको छ । यो जहाजको क्याबिनको चौडाई ८.५ फिटको र उचाइ ६.२ फिटको रहेको छ । त्यस्तै क्यू ४०० को लम्बाई १०७ फिट ९ इन्च विण्डस्प्यान ९०.३ फिट र उचाइ २७.५ इन्चको रहेको छ । यो जहाजको क्याबिनको चौडाई ८.३ फिट र उचाइ ६.४ फिटको रहेको छ ।

 

एटीआरले प्रतिकिलोमिटर १.४२ केजी इन्धन जलाउदछ भने क्यू ४०० ले प्रतिकिलोमिटर १.८३ केजी इन्धन खपत गर्दछ । एटीआर फुललोड प्यासेन्जरका साथ १ हजार ५२८ किलोमिटरको दुरी तय गर्न सक्दछ भने क्यू ४०० ले २ हजार ४० किलोमिटर उड्दछ । यी दुई जहाजमा एटीआरलाई टेकअफका लागि १ हजार १७५ मिटरको रनवे आवश्यक पर्छ भने क्यू ४०० का लागि १ हजार ४२५ मिटरको रनवे चाहिन्छ ।

 

क्यू ४०० को म्याक्सीमम टेकअफवेट ३० हजार ८ ४१ केजी रहेको छ भने एटीआरको २३ हजार केजी मात्र रहेको छ । क्यू ४०० को कु्रज स्पीड ६६७ किलोमिटर प्रतिघण्टाको रहेको छ भने एटीआरको ५१० किलोमिटर प्रतिघण्टाको रहेको छ । क्यू ४०० अधिकतम २७ हजार फिटसम्म उड्न सक्दछ भने एटीआर अधिकतम उचाइ २५ हजार फिट रहेको छ ।

 

१२७ कामदार सङक्रमित भएपछि नागढुङ्गा सुरुङ निर्माण सुस्त, अब ५ महिनामा खनिसक्ने लक्ष्य Read Previous

१२७ कामदार सङक्रमित भएपछि नागढुङ्गा सुरुङ निर्माण सुस्त, अब ५ महिनामा खनिसक्ने लक्ष्य

ट्रक ड्राइभरको प्रदर्शनले क्यानाडाको राजधानी ओटावा ठप्प Read Next

ट्रक ड्राइभरको प्रदर्शनले क्यानाडाको राजधानी ओटावा ठप्प