टोयोटाले चन्द्रामामा गाडी पठाउने

काठमाडौं । चर्चित जापानी गाडी उत्पादक टोयोटा मोटर क्रपले चन्द्रमामा पठाउनका लागि लुनार क्रुजर बनाउने भएको छ । जापानी अटोमोबाइल जायन्ट टोयोटाले चन्द्रमा र मंगलग्रहको सतहमा चलाउनको लागि यो योजना सार्वजनिक गरेको हो ।

 

टोयोटाले उक्त क्रुजर बनाउनको लागि जापानको स्पेश एजेन्सी जापनिज एरोस्पेससँग सहकार्य गर्ने सम्झौता गरेको छ । यो भेहिकल प्रेसराइज हुनुको साथ बाहिरपट्टी रोबोटिक आर्मयुक्त हुनेछ । फ्युलसेल टेक्नलोजीबाट संचालन हुने यो भेहिकल आगामी दशकपछि चन्द्रमा वा मंगलग्रहमा बस्नसक्ने मानिसका लागि र खोज तथा अनुसन्धान गर्ने वैज्ञानिकहरुका लागि एकदमै उपयुक्त हुनेछ ।

 

सन् २०४० सम्ममा चन्द्रमामा बसोबासका लागि तयारी गर्न आफ्नो कम्पनीले गाडी पठाउने तयारी थालेको टोयोटाका अधिकारीले बताएका छन् । यो लुनार क्रुजरमै खान, काम गर्न, सुत्न मिल्ने तथा आउटरस्पेशमा कम्युनिकेसन गर्न मिल्ने आदि सुविधाहरु रहनेछ । यो क्रुजर हामीले देखिरहेको सामान्य कार जस्तो सेपमा हुनेछैन । दुवै साइडमा ३/३ वटा चक्का हुने यो क्रुजर टिउव आकारको लामो खाले हुनेछ ।

 

यो प्रोजेक्टको सफलतासँगै टोयोटा चन्द्रमा वा मंगलग्रहको सतहमा कार गुडाउने पहिलो अटोमोबाइल कम्पनी हुनेछ ।

रुसी ऊर्जा क्षेत्र झड्का दिने ईयु र बेलायतको तयारी, ग्यास परियोजनामा प्रतिबन्ध लगाउँदै Read Previous

रुसी ऊर्जा क्षेत्र झड्का दिने ईयु र बेलायतको तयारी, ग्यास परियोजनामा प्रतिबन्ध लगाउँदै

गुह्येश्वरीदेखि थापाथलीसम्म वाग्मती किनारका अनधिकृत संरचना हटाउन निर्देशन Read Next

गुह्येश्वरीदेखि थापाथलीसम्म वाग्मती किनारका अनधिकृत संरचना हटाउन निर्देशन