सेयर बजारमा एकाएक किन आयो उछाल ?

काठमाडौं । सेयर बजारमा उछाल आएको छ । आइतबार बजार खुलेको ५ मिनेटमै नेप्से ९५ अंकले बढेको हो ।

 

पछिल्ला दुई सातामा करिब २५० अंकले घटेको बजार यससता पहिलो कारोबार दिनमै उच्च अंकले उकालो लागेको हो । करेक्शन पछि फेरि बढ्ने बजारको चक्र अनुसार नै नेप्से बढेको लगानीकर्ताको आकलन छ ।

 

त्यस्तै, शनिबार सत्ता पक्षीय गठबन्धन बीच आगामी जेठसम्म स्थानीय तहको चुनाव गर्ने सहमती भएसँगै लगानीकर्ता उत्साहित हुँदा बजारमा उछाल आएको हो ।

 

चुनाव हुने भएसँगै बजारमा पैसा आउने र त्यसले समग्र अर्थतन्त्र चलायमान बनाउने गर्छ । त्यसको सेयर बजारमा सकारात्मक प्रभाव पर्ने लगानीकर्ताको विश्वास छ ।

चार भाइको चमत्कार : सुपारीका पातबाट बनेका भाँडा नेपालदेखि युरोपसम्म Read Previous

चार भाइको चमत्कार : सुपारीका पातबाट बनेका भाँडा नेपालदेखि युरोपसम्म

बीचमा रुख राखेर कालोपत्र गरेको सडक ‘भाइरल’ Read Next

बीचमा रुख राखेर कालोपत्र गरेको सडक ‘भाइरल’