काठमाडौं । क्लासिक टेकले इन्टरनेट जडानका लागि अन्य व्यक्तिलाई रिफर गर्दा ४ महिनासम्म बोनस दिने भएको छ । पछिल्लो समय आक्रमक रुपमा व्यवसाय विस्तार गरिरहेको कम्पनीले यस्तो योजना ल्याएको हो ।
कम्पनीले रिफर गर्ने व्यक्तिलाई २ महिना इन्टरनेट र २ महिना आइपी टीभी बोनस दिने जनाएको छ । यसरी कम्पनीले रिफर गर्ने ग्राहकलाई प्रोत्साहन गर्न यो सुविधा ल्याएको र नयाँ ग्राहकलाई पनि न्यूा मूल्यमा उच्च ब्याण्डविथ इन्टरनेट र छन्जश राउटर सहित आइपीटीभी दिंदै आएको छ ।
क्लास्सिक टेकको मुख्य उद्देश्य देशका ग्रामिण ठाउँ हरुमा समेत इन्टरनेट को पहुँच पुगाउने साथै न्यून मूल्यमा उच्च गतिको सेवा प्रदान गर्ने रहेको छ ।
देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेक नेपालमा सन् २००९ देखि शुभाराम्भ भएको र १२ वर्षमै ७४ वटा जिल्लाका १०३ आउटलेट बाट सेवा सञ्चालनमा ल्याएको छ। देशमा इन्टरनेट प्रयोग गर्ने संख्या बढ्दै जादा क्लास्सिक टेक्ले कम मूल्यमा सेवा दिँदै आएको छ।
क्लास्सिक टेकका विभिन्न इन्टरनेट प्याकेज १५० एमबीपीएस, २२५ एमबीपीएस, ३२५ एमबीपीए, ६२५ एमबीपीएस र १००० एमबीपीएसका रहेका छन् । १५० एमबीपीएसको प्रतिमहिना ११९९ रुपैयाँमा लिन सकिन्छ ।