काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयर मूल्यमा लगातार आठौं दिन पोजेटिभ सर्किट लागेको छ । माघ ४ गतेदेखि दोस्रो बजारमा कारोबारमा आएको कम्पनीको त्यसयता सेयर मूल्य दैनिक १० प्रतिशतले बढ्दै आएको हो ।
२४६.७० रुपैयाँमा पहिलो कारोबार खुलेको कम्पनीको सेयर मूल्य ८ कारोबार दिनमै दोब्बरले बढेर ५०९.५ रुपैयाँ पुगेको छ । ८ दिनमै बुद्धभूमिको सेयर भाउ प्रतिकित्ता २६२ रुपैयाँ बढेको छ ।
कारोबारमा आएको दुई सातामा पनि कम्पनीको सेयर आपूर्ति अत्यन्त न्यून रहेको छ । ८ कारोबार दिनमा कम्पनीको करिब ७ हजार कित्ता सेयर मात्र कारोबारमा आएको छ ।
नेप्सेमा कम्पनीको ४० लाख कित्ता सेयर सूचीकृत छ । तुलनात्मक रुपमा वित्तीय अवस्था मध्य रेहकाले कम्पनीको सेयरप्रति लगानीकर्ताको आकर्षण देखिन्छ । आपूर्ति कम भएकाले अझै केही दिन कम्पनीको सेयर मूलय बढ्ने सम्भावना देखिन्छ ।