अवैध च्याउ आयातमा रोक लगाउन किसानको माग

काठमाडौं । च्याउ उत्पादक किसान संघ नेपालले भारत लगायत विभिन्न देशबाट च्याउ आयातमा रोक लगाउन सरकारसँग माग गरेको छ । संघले विदेशबाट आउने च्याउमा लामो समयसम्म नसढ्ने केमिकल प्रयोग हुने भन्दै भन्सारमा कडाइ गरी नियन्त्रण गर्न माग गरेको हो ।

 

‘कोरोना कहरका विचमा नेपाली च्याउलाई विस्तापित गर्ने हेतुले आयात भइरहेको भारतीय अवैध च्याउ विषाक्त छ।च्याउ  एक ढुसी जन्य पोषणयुक्त परिकार हो। लामो समय सम्म टिकाउन ढुवानी गर्दा उत्पादित वस्तु जोगाउन गार्हो हुने हुनाले वस्तु नसक्ने केमिकलहरू राखेर जहाँतहीँ ढुवानी गर्ने गरिन्छ। यसो गर्दा दैनिक उपभोग्य सुपरफुड विषाक्त भइ सेवन योग्य नहुने हुनाले विदेशी च्याउ  रोक्न  सरोकारवाला सबैलाई ध्यानाकर्षण गराउँदै सरकारसंग जोडदार माग गरिएको हो,’ संघका केन्द्रीय अध्यक्ष सन्तोष कार्कीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

 

च्याउ  उत्पादक किसान संघ नेपालको माघ ११ गतेको निर्णय अनुसार अनाधिकृत रुपमा देश बाहिरबाट नेपाल भित्रीने च्याउलाई निगरानी गर्न सरकारलाई हाम्रो केन्द्रीय संघको सर्कुलर नीति अनुसार ७ वटै प्रदेशका प्रदेश च्याउ  संघ तथा जिल्ला स्थित च्याउ  सघंहरूले सकरात्मक कुराको थालनी भन्दै ऐक्यबद्धता जनाइरहेका छन् ।

 

संघको केन्द्रीय टोलीले प्यालन्ट क्यावरेन्टाइन कार्यालय र भन्सार कार्यालय, जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र समेत बुझाएको छ । संघले हाल नेपाली गोलो च्याउको समर्थन मूल्य प्रतिकेजी ३०० रहेको भन्दै त्यसको आधारमा भारतीय च्याउलाई भन्सार लगाइनु पर्नेमा कम मूल्य राखी भन्सार नेपालमा आयात भइरहेको जनाएको छ । जस कारण नेपाली च्याउ उत्पापदक किसान मारामा परेको संघको भनाइ छ ।

 

ज्ञापन पत्रमा च्याउको गुणस्तर प्रमाणीकरण नगरिकन भारतबाट नेपालमा च्याउ भित्र्याइएको भन्दै च्याउ ढुसीजन्य वस्तु भएकाले भारतबाट नेपाल भित्रयाउन रोक लगाउनु पर्ने उल्लेख छ ।

 

नारायणी नदीमा ५ अर्बको लागतमा तटबन्ध निर्माण सुरू Read Previous

नारायणी नदीमा ५ अर्बको लागतमा तटबन्ध निर्माण सुरू

चिनीको मूल्य प्रतिकिलो १६ रुपैयाँसम्म बढ्यो, अब कति पर्छ ? Read Next

चिनीको मूल्य प्रतिकिलो १६ रुपैयाँसम्म बढ्यो, अब कति पर्छ ?