काठमाडौं । बाँकेको नेपालगञ्ज क्यासिनो हब बन्ने भएको छ । भारतीय पर्यटकलाई लक्षित गर्दै एकैपटक ४ वटा क्यासिनो खुल्ने भएका हुन् ।
कोरोनाका कारण पर्यटन क्षेत्र प्रभावित भइरहेकै बेला ४ वटा नयाँ क्यासिनो संचालनमा आउने भएका हुन् । नेपालीलाई क्यासिनो प्रवेशमा प्रतिबन्ध भए पनि भारतीय पर्यटकलाई लक्षित ती क्यासिनो संचालनमा ल्याउन लागिएको हो ।
सीमावर्ती क्षेत्रमा भएकाले क्यासिनोमा भारतीय व्यापारी, पर्यटक आउने व्यवसायीको अपेक्षा छ । स्वदेशी लगानीमै ती क्यासिनो सञ्चालनमा ल्याउने गरी दर्ता भएको उद्योग विभागले जनाएको छ ।
बाँकेको नेपालगञ्ज नगरपालिका वडा नम्बर १० वटा क्यासिनो खुल्ने भएको छ । बेलिज इन्टरटेन्मेन्टले सञ्चालनमा ल्याउन लागेको उक्त क्यासिनो १६ करोड रुपैयाँ लगानीमा सञ्चालनमा ल्याउने भएको हो । उद्योग विभागका अनुसार पूर्ण आन्तरिक लगानीमा बन्न लागेको उक्त क्यासिनोले १३० जनालाई रोजगार प्रदान गर्नेछ ।
यस्तै बाँकेमै होटल स्टारलाइट निलदेवीमा क्यासिनो खोलिने भएको छ । भेनयु रिक्रियनले सञ्चालनमा ल्याउन लागेको उक्त क्यासिनो १५ करोड रुपैयाँ लगानीमा सञ्चालनमा ल्याउने तयारी भएको हो ।
वार्षिक १ लाख बढी ग्राहक भित्र्याउने लक्ष्यका साथ उक्त क्यासिनो खोल्न लागिएको हो । उक्त क्यासिनोले सञ्चालनपछि ७२ जनालाई रोजगार प्रदान गर्नेछ ।
त्यस्तै, बाँकेमै कल्पतरु होटल एण्ड कोशिकी बैङ्केटमा क्यासिनो खुल्ने भएको छ । ओम त्रयम्बकम इनटरटेन्मेन्टले सञ्चालनमा ल्याउन लागेको उक्त क्यासिनो १५ करोड रुपैयाँमा सञ्चालनमा ल्याउने तयारी भएको हो । उक्त क्यासिनाले वार्षिक ८२ हजार पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । पूर्ण आन्तरिक लगानीमा बन्न लागेको उक्त क्यासिनोमा ६५ जनाले रोजगार पाउने छन् ।
त्यस्तै, नेपालगञ्जमै होटल सिटी प्यालेसले वार्षिक ७६ हजार पर्यटक भित्र्याउने लक्ष्यका साथ क्यासिनो खोल्न लागेको हो । सेपियर इन्टरेनमेन्ट टेक्नोलोजीले सञ्चालनमा ल्याउन लागेको उक्त क्यासिनो १५ करोड रुपैयाँ लगानीमा क्यासिनो बनाउन लागेको हो । क्यासिनोमा पर्यटनलाई मात्र प्रदेश गर्न दिइने छ । आन्तरिक लगानीमा बन्न लागेको उक्त क्यासिनोले सञ्चालनपछि ८१ जनालाई रोजगार प्रदान गर्ने छ ।
हाल देशभर २२ वटा क्यासिनो रहेका छन् । क्यासिनोबाटै सरकारले अर्बौँको रोयल्टी संकलन गर्ने गरेको छ । चालु आर्थिक वर्षमा मात्र ६४ करोड रुपैयाँ रोयलिटी संकलन भएको पर्यटन विभागका सेक्सन अफिसर खेमराज जोशी बताउँछन् । उनका अनुसार हाल ५ वटा बाहेक सबै क्यासिनोले रोयल्टी तिरिरहेका छन् ।
विगतमा एक पटक दर्ता भएको कम्पनीले १० वटा सम्म क्यासिनो सञ्चालन गर्न पाउने व्यवस्था थियो । पछि २०७३÷७६ मा एक पटक दर्ता भएको कम्पनीले एक ठाउँमा मात्र क्यासिनो खोल्न पाउने व्यवस्था गरिएको थियो । जस अन्तर्गत विभागले एक भन्दा धेरै दर्ता भएका क्यासिनोहरुलाई कारवाही गर्न थालेको थियो ।
उक्त कारबाहिर उजुरी परेका ५ क्यासिनो हाल सर्वोच्वको अन्तरिम आदेशबाट चलेको छ । सो मध्ये २ वटा भने गत वर्ष नवीकरण नभएका कारण सञ्चालनमा रोक लगाइएको उनले बताए । ‘अहिले भएका मध्य ५ वटा बोह सबैले रोयल्टी तिरिरहेका छन्, गत वर्ष रायलिटि छुट गरिएकोले कुनै पनि रोयलिटी उठेको थिएन, जोशीले चाणक्य पोष्टसँग भने ।