काठमाडौं । सरकारले ४ ठूला जलविद्युत् आयोजनाका अध्ययनका लागि २२ कम्पनी सर्टलिस्ट गरेको छ । विद्युत् विकास विभाग १३७१.८५ मेगावाट क्षमताका ४ वटा जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव (ईआइए) अध्ययनका लागि २२ कम्पनी सर्टलिष्ट गरेको हो ।
विभागले मुगु कर्णाली जलविद्युत् आयोजना (१११.५ मेगावाट), तल्लो बडिगाड जलाशाययुक्त जलविद्युत् आयोजना (३५० मेगावाट), कालीगण्डकी (जलाशाययुक्त जलविद्युत् आयोजना (५०३ मेगावाट) र हुलाक कर्णाली क्यासकेड जलविद्युत् आयोजना (४०७.३५+२२९.७७) मेगावाट) गरी ४ आयोजनाको सम्भाव्यता र वातावरणीय प्रभाव मूल्यांकन कार्य अघि बढाउन लागेको हो ।
आइतबार (माघ ९ गते) विभागले सूचना निकाल्दै सर्ट लिष्टिमा परेका २२ कम्पनीसँग आसयपत्र मागेको थियो । विभागका अनुसार २ महिना हाराहारीमा ठेक्का प्रकृया सकिने छ । सो पछि कम्पनीसँग सम्झौता गरी अध्ययनको काम अघि बढाइने छ । आयोजनाको सम्भाव्यता र वातावरणीय प्रभाव (ईआइए) अध्ययन पूरा गर्नका लागी ४ वर्ष लाग्ने अनुमान गरिएको छ ।
अध्ययन पूरा भएपछि आयोजना निर्माण सम्भावना छ छैन, उत्पादन क्षमता, लागतका कुरा थाहा हुने छ । अध्ययन पछि सम्भावना भएका आयोजनाहरूमा विस्तृत अध्ययन अघि बढाइने छ ।
विभागका सिनियर डिभिजन नियोलोजिस्ट सुवर्ण खनालका अनुसार कम्पनी छनोट भई सक्न साढे २ महिना लाग्ने छ । वैशखसम्ममा कम्पनी छनोट गरी अधययन सुरू गरिने उनले बताए ।
उनका अनुसार हाल सर्टलिष्टमा परेका कम्पनीहरूसँग वित्तीय प्रस्ताव माग गरिएको छ । सो मूल्यांकन गर्न १५ दिन लाग्ने छ । मूल्यांकनपछि थप १५ दिन कम्पनी छनोट र मोबिलाइज गर्न लाग्ने उनले बताए ।
‘१ महिनामा उनीहरूले हामीलाई प्रस्ताव पेश गर्ने छन्, त्यसमा मूल्यांकन हुन १५ दिन लाग्ने छ, थप १५ दिन कम्पनी छनोट गर्न लाग्नेछ, साढे २ महिनामा कम्पनी छनोट भई अध्ययन सुरू हुनेछ,’ खनालले चाणक्य पोष्टसँग भने ।
कुन आयोजनाका लागि कुन कम्पनी सर्टलिष्टमा परे ?
कालीगण्डकी–२ जलाशाययुक्त जलविद्युत् आयोजना ५०३ मेगावाट क्षमताको रहेको छ । यो जलविद्युत् आयोजनाको सम्भाव्यता र ईआइए अध्ययनका लागि ५ कम्पनी सर्टलिष्टमा परेका छन् । ६ वटा कमपनीले आवेदन दिएकोमा ५ वटा मात्र सर्टलिष्टमा परेका हुन् ।
सर्टलिष्टमा पर्ने कम्पनीहरूमा जेड कन्सल्ट/डिजायर इन्जिनीयरिङ कन्सल्टेन्ट/बीडीए नेपाल जेभी, इन्भाइरोमेन्ट एण्ड रिसोर्स म्यानेजमेन्ट कन्सल्टेन्ट/हाइड्रो कन्सल्ट इन्जिनीयरिङ/सिलट कन्सल्टेन्ट जेभी, राजदेवी इन्जिनीयरिङ कन्सल्ट/सीइपीएडी कन्सल्टेन्ट/कस्मोपोलिटन कन्सल्ट एण्ड टेक्निकल एजुकेसन सेन्टर जेभी, टेक्नोक्वारी कन्सल्ट्स/बीम कन्सल्टेन्ट/एनइडीसी जेभी र आइटीसीइओ नेपाल/टोटल म्यानेजमेन्ट सर्भिसेस/इनोभेटिभ इन्जिनीयरिङ जेभी सर्टलिष्टमा परेका हुन् ।
त्यसैगरी, मुगु कर्णाली जलविद्युत् आयोजना १११.५ मेगावाट क्षमताको रहेको छ । मुगुमा बन्ने यो आयोजनाको सम्भाव्यता र ईआइएका लागि ६ वटा कम्पनीहरू सर्टलिष्टमा परेका छन् । यस आयोजना अध्ययनका लागि १० वटा कम्पनीले आवेदन दिएकोमा ६ वटा मात्र सर्टलिष्टमा परेका हुन् ।
छनोट भएका कम्पनीहरूमा आइटीइसीइओ नेपाल/टोटल म्यानेजमेन्ट सर्भिसेज/इनोभेटिभ जेभ, एडीएमसी इन्जिनीयरिङ/डेजायर इन्जिनीयरिङ कन्सल्टेन्सी/युनिट्स इन्जिनीरियङ कन्सल्टेन्सी नेपाल जेभी, जेड कन्सल्ट/फिडब्याक इन्फ्रास्ट्रक्चर सर्भिसेस /साह कन्सल्ट इन्टरनेशनल जेभी, राजदेवी इन्जिनीयरिङ कन्सल्ट्याण्ट/सीइपीएडी हाइड्रो कन्सल्ट्याण्ट्स/कस्मोपोलिटन कन्सल्ट्याण्ट/टेक्निकल एजुकेसन सेन्टर जेभी र टेक्नोक्वारी कन्सल्ट्स, बीम कन्सल्ट्याण्ट प्राइभेट लिमिटेड/एनइडीसीको जेभी सर्टलिष्टमा परेका हुन् ।
त्यस्तै, हुम्ला कर्णाली क्यासकेड जलविद्युत् आयोजना ४०७.३५ +२२९.७७ कुल ६३७.१२ मेगावाट क्षमताको हुनेछ । यो जलविद्युत् आयोजना सम्भाव्यता र ईआइए अध्ययनका लागि ६ कम्पनी सर्टलिष्टमा परेका छन् । आयोजना अध्ययनका लागी ७ वटाले आवेदन आएकोमा ६ वटा मात्र छनोट भएका हुन् । अध्ययनका लागि सर्टलिष्टमा पर्नेमा डिजायर इन्जिनीयरिङ कन्सल्टेन्सी/एडीएमसी इन्जिनीयरिङ/युनिट्स इन्जिनीयरिङ कन्सल्टेन्सीको जेभी, इन्भाइरोमेन्ट इण्ड रिसोर्स म्यानेजमेन्ट कन्सल्टेन्सी/हाइड्रो कन्सल्ट इन्जिनीयरिङ/सिल्ट कन्सल्ट्याण्ट जेभी, आइटीसीइओ नेपाल/इनोभेटिए इन्जिनीयरिङ सर्भिसेस/इपिसेन्टर इन्जिनीयरिङ सोलुसन जेभी, राजदेवी इन्जिनीयरिङ कन्सल्ट्याण्ट/सीइपीएडी हाइड्रो कन्सल्ट्याण्ट/ग्रीड कन्सल्ट जेभी, साह कन्सल्ट इन्टरनेशनल/जेड कन्सल्ट/फिडब्याक इन्फ्रास्ट्क्चर सर्भिसेस जेभी र टेक्नोक्वारी कन्सल्ट्स/टेक्नोभेसन इन्जिनीयरिङ सर्भिसेस/एनइडीसी जेभी छन् ।
त्यस्तै, तल्लो बडीगाड स्टोरेज जलविद्युत् आयोजना ३५० मेगावाट क्षमताको बन्ने छ । गुल्मीमा निर्माण हुने तल्लो बडिगाड स्टोरेज जलविद्युत् आयोजनाको सम्भाव्यता अध्यययनका लागि ५ कम्पनी सर्टलिष्टमा परेका छन् । ६ वटा आवेदन आएको मध्ये ५ वटा सर्टलिष्टमा परेका हुन् । सर्टलिष्टमा पर्नेमा डिजायर इन्जिनीयरिङ कन्सल्टेन्सी/जेड कन्सल्ट/बिडिए नेपाल जेभी, इन्भाइरोमेन्ट एण्ड रिसोर्स म्यानेजमेन्ट कन्सल्ट्याण्ट/ हाइड्रो कन्सल्ट इन्जिनीयरिङ/सिल्ट कन्सल्ट्याण्टको जेभी, आइटीसीइओ नेपाल/टोटल म्यानेजमेन्ट सर्भिसेस/इनोभेटिभ इन्जिनीयरिङ सर्भिसेसको जेभी, राजदेवी इन्जिनीयरिङ कन्सल्ट्याण्ट/सीइपीएडी हाइड्रो कन्सल्ट्याण्ट्स/ग्रीड कन्सल्ट जेभी र टेक्नोक्वारी कन्सल्ट्याण्ट्स/टेक्नोभेसन इन्जिनीयरिङ सर्भिसेस जेभी हुन् ।