क्रिप्टोकरेन्सी लगायत भर्चुअल मुद्राको कारोबार गरे कारबाही गर्ने चेतावनी

काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी लगायत भर्चुअल मुद्राको कारोबार गर्ने/गराउने जो कोहीलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

 

आइतबार एक विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकले जोसियल क्राउड १, सोलेम्याक्स ग्लोबलजस्ता पिरामिडमा आधारित नेटवर्क मार्केटिङमा आवद्ध हुने वा गराउने कार्य पनि गैरकानुनी रहेको जनाएको हो ।

 

पछिल्लो समय बजारमा क्रिप्टोकरेन्सी जस्ता गैरकानुनी भर्चुअल मुद्राहरूको कारोबार बढेको, कारोबार गर्न प्रेरित गरेको र सोझा साझालाई फसाउने कार्य बढेको सुनिएको भन्दै सो विषयप्रति बैंकको ध्यानाकर्षण भएको जनाएको हो ।

 

‘हालका दिनहरूमा छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाई भर्चुअल करेन्सीरक्रिप्टोकरेन्सीहरूको कारोबाररप्रयोग गर्न तथा त्यस्ता भर्चुअल करेन्सीरक्रिप्टोकरेन्सीसँग सम्बन्धित हाइपर फण्ड जस्ता कोषमा गर्न र जोसियल, क्राउड वान, सोले म्याक्स ग्लोबल जस्ता पिरामिडमा आधारित नेटवर्क मार्केटिङमा आवद्ध हुन प्रोत्साहन गर्ने गराउने गरेको जानकारी प्राप्त हुन आएकोले सो सम्बन्धमा यस बैंकको गम्भीर ध्यानाकर्षण भएको छ,’ राष्ट्र बैंकद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

 

नेपालमा विदेशी विनिमय वा मुद्रा रूपमा भर्चुअल करेन्सीरक्रिप्टोकरेन्सी ले कानूनी मान्यता नपाएको राष्ट्र बैंकले जानकारी दिएको छ । गैरकानूनी वित्तिय औजारमा आवद्ध भई कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पुँजी पलायन हुने राष्ट्र बैंकको भनाइ छ ।

 

त्यस्ता करोबार तथा व्यवसायमा संलग्न भई नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिकहरु समेतले त्यस्तो कार्य गरे गराएको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने राष्ट्र बैंकको सूचनामा उल्लेख गरिएको छ ।

बूढीगण्डकी आयोजना प्रभावितले ह्रास कट्टीबापतको रकम तिर्नु नपर्ने Read Previous

बूढीगण्डकी आयोजना प्रभावितले ह्रास कट्टीबापतको रकम तिर्नु नपर्ने

अब उपत्यकाको ७ ठाउँमा मेसिनबाट ट्राफिक जरिवाना तिर्न सकिने Read Next

अब उपत्यकाको ७ ठाउँमा मेसिनबाट ट्राफिक जरिवाना तिर्न सकिने