रोकिएन बजार घट्ने क्रम, नेप्सेमा दोहोरा अंकको गिरावट

काठमाडौं । पछिल्लो समय लगातार ओरालो लागेको सेयर बजारमा पहिरो जाने क्रम जारी छ । गतहप्ता एकै दिनमा २० अंकले बढेर सुधार हुने संकेत देखाए पनि यो साताको पहिलो दिनमा नै दोहोरो अंकले गिरावट आएको छ ।

 

सेयर बजार मापक सूचक नेप्से १२.६१ अंकले घटेर ११७८.४६ विन्दुमा आइपुगेको छ । आज १६५ कम्पनीको ३० करोड ५३ लाख १० हजार ७१९ रुपैयाँको कारोबार भएको छ । ११ लाख ७३ हजार ४८८ कित्ता सेयर खरिदबिक्री भएका छन् ।

 

कारोबार भएका ११ वटै समूहको सूचक ओरालो लागेका छन् । आज निर्जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै १०२.२९ अंकले घटेको छ भने जीवन बीमा समूहको सूचक ८५.४४ अंकले घटेको छ । वाणिज्य बैंक समूह पनि १०.९६ अंकले झरेको छ ।

 

कारोबार रकमको आधारमा प्रभु बैंकको प्रमोटर सेयर शीर्ष स्थानमा रह्यो । यसको ५ करोड २४ लाख ८० हजार ६२ रुपैयाँको कारोबार भएको छ ।

 

कारोबारकै आधारमा एनआईसी एशिया र प्रभु बैंकको साधरण सेयर क्रमशः दोस्रो र तेस्रोमा रहेका छन् । एनआईसीको १ करोड ६१ लाख र प्रभुको १ करोड २९ लाख रुपैयाँ भन्दा बढीको सेयर खरिद–बिक्री भएको छ ।

 

आज सबैभन्दा धेरै आँधीखोला लघुवित्तको सेयर मूल्य करिब ९.९० प्रतिशतलेले बढेको छ भने पाँचथर पावर कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ८.४९ प्रतिशतले घटेको छ ।

बेरोजगारलाई काम दिने ‘रोजगारी पसल’ Read Previous

बेरोजगारलाई काम दिने ‘रोजगारी पसल’

सिमेन्ट निर्यातमा उद्योगीहरु एक हुनुपर्छ : वरिष्ठ उपाध्यक्ष मल्ल Read Next

सिमेन्ट निर्यातमा उद्योगीहरु एक हुनुपर्छ : वरिष्ठ उपाध्यक्ष मल्ल