डिशहोम फाइबरनेटद्वारा डिलर दाइहरूलाई सम्मान

काठमाडौं । डिशहोमले आफ्ना डिलर दाइहरुलाई सम्मान गरेको छ । कम्पनीले गण्डकी क्षेत्रीय कार्यालयमा एक कार्यक्रम आयोजना गरेर सम्मान गर्नुका साथै पुरस्कार वितरण गरेको हो ।

 

गण्डकी प्रदेशमा डिशहोम फाइबरनेट इन्टरनेटको विक्री र विक्रीपछि ग्राहकलाई उत्कृस्ट सेवा पुर्याउने पोखराका दीप एलेक्ट्रोनिक्स , ओम लामिछाने सप्लायेर्स, स्यांङ्जाका रन्जना फेन्सी, लुद्र मान थापा, गोरखाका सरिना एलेक्ट्रोनिक्स, अकला राइस मिल, भट्ट एलेक्ट्रोनिक्स , जनसेवा एलेक्ट्रोनिक्सले एक/एक थान ल्यापटप पाएका छन् ।

 

साथै, विक्रीपछिको उत्कृष्ट सेवा प्रदान गर्ने डिलर दाइहरुलाई कम्पनीका यरिया सेल्स मेनेजर प्रदीप सुबेदीले प्रशंशापत्र सहित सम्मान गरेका हु्न । उक्त कार्यक्रममा गोर्खा ,लम्जुङ्ग ,स्यांङ्जा, तनहुँ र कास्कीका डिट्रिस्ब्यूटर, डिलर दाइहरु र कम्पनीका क्षेत्रीय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

 

डिशहोम फाइबर नेटले ग्राहकको आवश्यकता अनुरुप आकर्षक र सहुलियत मुल्यमा विभिन्न प्याकेज हरु ल्याएको छ । डिश होम प्रयोग गरिरहेका ग्राहकलाई १० एमबीपीएस निःशुल्क इन्टरनेट सुविधादेखि ६०० एमबीपीएससम्मको प्याकेज उपलब्ध रहेको छ।

वीरगञ्ज भन्सारद्धारा लक्ष्यभन्दा धेरै राजस्व असुली, ६ महिनामा उठायो १ खर्ब ५ अर्ब Read Previous

वीरगञ्ज भन्सारद्धारा लक्ष्यभन्दा धेरै राजस्व असुली, ६ महिनामा उठायो १ खर्ब ५ अर्ब

बन्दीपुर केबलकारको लागत बढ्यो, २ अर्ब ६० करोड लगानी Read Next

बन्दीपुर केबलकारको लागत बढ्यो, २ अर्ब ६० करोड लगानी