सेयर बजारमा उच्च अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने १५ कम्पनी

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको कमब्याक भएको छ । पछिल्ला दुई दिनमा ४९ अंकले घटेको नेप्से आज उच्च अंकले कमब्याक गरेको हो । यससाताको सुरुका दुई दिनमै ९० अंकले बढेको नेप्से पछिल्ला दुई दिन ४९ अंकले घटेका थियो ।यससाता नेप्से समग्रमा ८३ अंकले बढेको छ ।

 

आज सूचकमा बढोत्तरी कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम २५ करोडले घटेर पौने ६ अर्बमा सीमित भएको छ ।

 

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से ३३.०३ अंकले बढेर २९३१.३४ विन्दुमा पुगेको छ । आज २२९ कम्पनीको ५ अर्ब ७७ करोड ३१ लाख २० हजार ४०९ रुपैयाँ बराबरको १ करोड ५९ लाख ८९ हजार ७४४ कित्ता सेयर किनबेच भएको छ ।

 

आज कारोबारमा आएका १३ वटा समूहमध्ये बैंकिङ र सामूहिक लगानी कोष बाहेक बाँकी सबै समूहको परिसूचकमा हरियाली छाएको छ । विकास बैंक समूह सबैभन्दा धेरै ३.३७ प्रतिशतले बढेको छ । त्यस्तै, फाइनान्स समूह पनि ३ प्रतिशतले बढेको छ ।

 

आज कारोबार भएका २२९ कम्पनीमध्ये १७९ कम्पनीको सेयर मूल्य बढेको छ भने ३७ कम्पनीको घटेको छ । १३ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज आइएमई जनरल इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको २२ करोड बढीको सेयर किनबेच भएको छ । त्यस्तै, अपी पावर १८ करोड र शिखर इन्स्योरेन्स साढे १७ करोड बढीको कारोबार भई धेरै कारोबार हुने शीर्ष तीन कम्पनीमा रहे ।

 

उच्च अंकले बढेको बजारमा आज ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । मैलुङखोला जलविद्युत् र तेह्रथुम पावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने बुद्धभूमि हाइड्रोपावरका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

 

त्यसैगरी, न्यादी हाइड्रोपावर ८.८६, गुँरास लाइफ ७.७९, युनियन हाइड्रो ७.२४, कर्पोरेट डेभलपमेन्ट बैंक ६.९१, सिन्धु विकास बैंक ६.२४, गणपति लघुवित्त ६.०८, स्वाभिमान लघुवित्त ६.०६, कामना सेवा विकास बैंक ६, रुरु जलविद्युत्, पञ्चकन्या माइ हाइड्रोपावर, हिमालयन ऊर्जा, महालक्ष्मी विकास बैंक र लुम्बिनी विकास बैंकको सेयर मूल्य ५ प्रतिशतले बढेको छ ।

 

बढ्दो बजारमा आज एभरेष्ट प्रमोटर सेयरधनीले सबैभन्दा धेरै ३.९१ प्रतिशत गुमाएका छन् ।

दर्जन बढी ठूला कपडा उद्योग बन्द हुँदा २ अर्ब लगानी खेर, साना उद्योगले धान्न सकेनन् माग Read Previous

दर्जन बढी ठूला कपडा उद्योग बन्द हुँदा २ अर्ब लगानी खेर, साना उद्योगले धान्न सकेनन् माग

दूधको मूल्य बढ्ने, प्रतिलिटर कति ? Read Next

दूधको मूल्य बढ्ने, प्रतिलिटर कति ?