सन् २०२५ सम्म चीनमा उच्च गतिको रेलमार्ग ५० हजार किलोमिटर पुग्ने

सिन्ह्वा । सन् २०२५ सम्म चीनमा उच्च गतिको रेलमार्ग (हाइ स्पीड रेलको ट्र्याक) ५० हजार किलोमिटर पुर्याइने भएको छ । चीनले सन् २०२५ सम्मका लागि मुलुकको यातायात व्यवस्था विकासको योजना सार्वजनिक गर्दै यस्तो योजना पेश गरेको हो ।

 

चीनले सन् २०२१ देखि २०२५ सम्मको (१४ औं) पञ्चवर्षीय यातायात सञ्जाल विकासको योजना अघि सारेको हो। उक्त योजना अनुसार सन् २०२५ सम्म हाइ स्पिड रेलको ट्र्याक तन्किएर ५० हजार किलोमिटर पुग्नेछ। सन् २०२० सम्म यो ३८ हजार किलोमिटर छ। ५ लाख भन्दा धेरै जनसंख्या भएका ९५ प्रतिशत शहरहरु यस्तो रेलको सुविधासँग जोडिनेछन्।

 

२०२५ सम्म चीनमा १ लाख ६५ हजार किलोमिटर रेलवे तयार हुनेछ। २७० सार्वजनिक विमानस्थल हुनेछन् । यसअघि यस्ता विमानस्थल २४१ वटा रहेको छ। यस अवधिमा शहरी क्षेत्रमा १० हजार किलोमिटर ‘सव वे’ हुनेछ । अहिले यस्तो सव वे ६ हजार ६०० किलोमिटर रहेको छ।

 

सन् २०२५ सम्म १ लाख ९० हजार किलोमिटर एक्सप्रेस वे हुनेछन्। यसअघि एक्सप्रेस वे १ लाख ६१ हजार किलोमिटर रहेको छ । १८ हजार ५ सय किलोमिटर हाइ लेबल इनल्यान्ड ‘वाटर वे’ हुने योजना छ।

 

यातायाततर्फ ७२ प्रतिशत बस सेवा ग्रिन फ्युलमा रुपान्तरित हुन्छन्। यसले कार्वनडाइ अक्साइड उत्सर्जनमा ५ प्रतिशतले कमी ल्याउने अपेक्षा गरिएको छ। योजनामा छिमेकी मुलुकहरुसँगको यातायात व्यवस्था थप बलियो बनाउने उल्लेख छ।

ठेक्का लिएर काम अलपत्र पार्ने ७ निर्माण कम्पनी कालोसूचीमा Read Previous

ठेक्का लिएर काम अलपत्र पार्ने ७ निर्माण कम्पनी कालोसूचीमा

दर्जन बढी ठूला कपडा उद्योग बन्द हुँदा २ अर्ब लगानी खेर, साना उद्योगले धान्न सकेनन् माग Read Next

दर्जन बढी ठूला कपडा उद्योग बन्द हुँदा २ अर्ब लगानी खेर, साना उद्योगले धान्न सकेनन् माग