अब डिशहोममार्फत विश्वभर सर्ट मुभी हेर्न सकिने

काठमाडौं । डिशहोमले सर्ट टीभीसँगको सहकार्यमा सर्ट मुभीहरुको प्रसारण सुरु गरेको छ । सर्ट टीभीका फाउण्डर तथा सीईओ कार्टर पिल्चरले सोमबार आयोजित भर्चुअल कार्यक्रममा नेपालमा सर्ट टीभी शुभारम्भ गरेका हुन् ।

 

डिशहोमका प्रवन्ध निर्देशक सुदीप आचार्यले सर्ट टीभी लन्च गर्ने नेपाल दक्षिण एसियामा दोस्रो मुलुक हो भन्दै अब डिशहोममार्फत विश्वभरबाट सर्ट मुभी हेर्न सकिने बताए । उनले यसबाट नेपाली कलाकार अभिनित सर्ट मुभीसमेत विश्वभर पुग्नसक्ने बाटो खुलेको बताए ।

 

पछिल्लो समयमा सर्ट मुभीतर्फ दर्शक, कलाकार र निर्माणको आकर्षण बढेको बेला डिशहोमले नेपालमा फरक प्ल्याटफर्मबाट आफ्ना दर्शकलाई खुसी पार्न लागेको हो । डिशहोमको च्यानल नं. ९२८ मा सर्ट मुभी हेर्न सकिने छ । यो च्यानलमा ओस्कारका लागि नोमिनेट भएका नेपालीदेखि इण्डियन, टर्किस, इरानियन, ब्रिटिश, अमेरिकन सर्ट मुभी हेर्न सकिने छ ।

 

अन्तर्राष्ट्रिय अवार्ड प्राप्त लोकप्रिय सर्ट मुभीले दर्शकहरुको आकर्षण बढाउनुका साथै अन्तर्राष्ट्रिय बजारमा नेपाली सर्ट मुभी पुर्याउनसमेत सहयोग पुग्ने डिशहोमको अपेक्षा छ ।

 

 

हाइड्रोपावरमा बैंकको लगानी दोब्बरले बढ्यो, सवा २ खर्ब लगानी, कुनको कति ? Read Previous

हाइड्रोपावरमा बैंकको लगानी दोब्बरले बढ्यो, सवा २ खर्ब लगानी, कुनको कति ?

मेलम्ची पुग्ने मुख्य प्रवेशमार्ग चनौटेमा बेलिब्रिज निर्माण अन्तिम चरणमा Read Next

मेलम्ची पुग्ने मुख्य प्रवेशमार्ग चनौटेमा बेलिब्रिज निर्माण अन्तिम चरणमा