किसान लघुवित्तको लाभांश घोषणा

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

 

लघुवित्त सञ्चालक समितिको माघ २ गते बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको हो । गत वर्ष एनआरएन लघुवित्तसँग मर्ज भएकाले कर छुँट पाउने भएकले लघुवित्तले नगद लाभांश भने छुट्याएको छैन ।

 

लघुवित्तले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन् ।

३ वर्षको बजेट खर्च : चालु खर्च मोटाउँदै, पूँजीगत दुब्लाउँदै Read Previous

३ वर्षको बजेट खर्च : चालु खर्च मोटाउँदै, पूँजीगत दुब्लाउँदै

काठमाडौंका यी १९ ठाउँमा लगाइन्छ बुस्टर डोज Read Next

काठमाडौंका यी १९ ठाउँमा लगाइन्छ बुस्टर डोज