नेको इन्स्योरेन्सले घोषणा गर्‍यो अघिल्लो वर्षकोभन्दा कम लाभांश

काठमाडौं । नेको इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

 

कम्पनी संचालक समितिको माघ २ गते बसेको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद गरी कुल १५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

 

नेकोले घोषणा गरेको लाभांश अघिल्लो आर्थिक वर्ष २०७६/७७को भन्दा०.५३ प्रतिशत कम हो । कम्पनीले उक्त आवमा १५.५ प्रतिशत बोनस सेयर र ०.८२ प्रतिशत नदग गरी कुल १६.३२ प्रतिशत लाभांश दिएको थियो ।

 

प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीहरुले पाउनेछन्।

काठमाडौंमै ५ हजार घरलाई पुग्ने ग्यास, उत्खनन नगर्दा जाँदैछ खेर Read Previous

काठमाडौंमै ५ हजार घरलाई पुग्ने ग्यास, उत्खनन नगर्दा जाँदैछ खेर

मुग्लिन-पोखरा सडक ४ लेन बनाउन सुरु, पश्चिम खण्डको काम अघि बढ्यो Read Next

मुग्लिन-पोखरा सडक ४ लेन बनाउन सुरु, पश्चिम खण्डको काम अघि बढ्यो