नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने १५ कम्पनी

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको कमब्याक भएको छ । बुधबार ३० अंकले करेक्शन भएको नेप्से आज उच्च अंकले लयमा फर्केको हो । यससाता समग्रमा नेप्से १६९ अंकले बढेको छ ।

 

सूचकमा उच्च अंकको बढोत्तरी आए पनि आज कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम झन्डै १ अर्बले घटेर साढे ३ अर्बमा सीमित भएको छ ।

 

बिहीबार सेयर बजार मापक सूचक नेप्से ४३.२९ अंकले बढेर २६९२.४७ विन्दुमा पुगेको छ । आज २३८ कम्पनीको ३ अर्ब ६७ करोड ६८ लाख ४६ हजार ३४९ रुपैयाँ बराबरको ७३ लाख ३६ हजार ३३४ कित्ता सेयर किनबेच भएका छन् ।

 

आज कारोबारमा आएका १३ वटा समूहमध्ये उत्पादनमूलक र व्यापार समूह बाहेक बाँकी सबै समूहको परिसूचकमा हरियाली छाएको छ । होटल समूह सबैभन्दा धेरै ३.४८ प्रतिशतले बढेको छ । त्यस्तै, हाइड्रोपावर र निर्जीवन बीमा समूह पनि २ प्रतिशतले बढेको छ ।

 

आज कारोबार भएका २३८ कम्पनीमध्ये १९० कम्पनीको सेयर मूल्य बढेको छ भने ३५ कम्पनीको घटेको छ । १३ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

 

आज अपी पावरको सर्वाधिक कारोबार भएको छ । यसको १६ करोड बढीको सेयर किनबेच भएको छ । त्यस्तै, एनआइसी एशिया बैंकको १४ करोड र नेशनल माइक्रोफाइनान्सको १० करोड बढीको कारोबार भई धेरै कारोबार हुने शीर्ष तीन कम्पनीमा रहे ।

 

उच्च अंकले बढेको बजारमा आज तीन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । नेपाल फाइनान्स र तेह्रथुम पावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने मध्य भोटेकोशी जलविद्युत्का लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् ।

 

त्यसैगरी, राष्ट्रिय बीमा कम्पनी र मैलुङ खोला जलविद्युत्को सेयर मूल्य साढ ५ प्रतिशतले बढेको छ । त्यस्तै, स्वरोजगार लघुवित्त, सेञ्चुरी कमर्शियल बैंक, एनआइसी एशिया बैंक र माउन्टेन इनर्जीको मूल्य ५ प्रतिशतभन्दा धेरैले बढेको छ । चन्द्रागिरि हिल्स, युनाइटेड इदी मार्दी, साहस ऊर्जा, फर्स्ट माइक्रोफाइनान्स, हिमालयन पावर, सिनर्जी पावर र नेपाल एसबीआइ बैंकको मूल्य पनि साढे ४ प्रतिशतभन्दा धेरैले बढेको छ ।

 

बढ्दो बजारमा आज नेपाल बंगलादेश बैंकका डिबेञ्चरधनीले सबैभन्दा धेरै ३.५३ प्रतिशत गुमाएका छन् ।

विकासमा भरतपुरको फड्को : ६१० किमी सडक कालोपत्र, ६ लेनको सडक निर्माण, नेपालकै लामो रिङरोड बनाउँदै Read Previous

विकासमा भरतपुरको फड्को : ६१० किमी सडक कालोपत्र, ६ लेनको सडक निर्माण, नेपालकै लामो रिङरोड बनाउँदै

बाहिरी चक्रपथ निर्माण गफमै सीमित, डीपीआर बनेको १४ वर्षमा पनि लागेन टुंगो Read Next

बाहिरी चक्रपथ निर्माण गफमै सीमित, डीपीआर बनेको १४ वर्षमा पनि लागेन टुंगो