सुनको मूल्य तोलाको १४ सयले घट्यो

काठमाडौं । लगातार उकालो लाग्दै आएको सुनको मूल्य साताको उत्तरार्धमा भने केही ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला, तेजाबी सुन र चाँदीको मूल्यमा उच्च गिरावट आएको छ ।

 

महासङ्घका अनुसार आज सुन तोलाको १ हजार ४०० रुपैयाँ र चाँदी प्रतितोला ४० रुपैयाँले घटेको छ ।स्थानीय बजारमा शुक्रबार छापावाला सुनको मूल्य ७२ हजार रुपैयाँ कायम गरिएको छ ।

 

बिहीबार छापावाला सुन प्रतितोला ७३ हजार ४०० रुपैयाँमा कारोवार भएको थियो । बिहीबार पनि छापावाल सुन प्रतितोला १०० रुपैयाँले घटेको थियो ।

 

त्यस्तै, तेजाबी सुनको मूल्य ७१ हजार ७०० तोकिएको छ । बिहीबार तेजाबी सुन प्रतितोला ७३ हजार १०० रुपैयाँमा कारोवार भएको थियो । यस्तै चाँदीको मूल्य ९०० कायम गरिएको महासङ्घले जनाएको छ । बिहीबार चाँदी प्रतितोला ९४० खरीदबिक्री भएको थियो ।

कोरियाले उपत्यकामा स्मार्टसिटी बनाउन सहयोग गर्ने Read Previous

कोरियाले उपत्यकामा स्मार्टसिटी बनाउन सहयोग गर्ने

नुवाकोटका वडाध्यक्षले बेचे झोलुङ्गे पुल Read Next

नुवाकोटका वडाध्यक्षले बेचे झोलुङ्गे पुल