काठमाडौं । चीनले पानी मुनि बनाएको सबैभन्दा लामो सुरुङमार्ग (अन्डरवाटर हाइवे टनेल) संचालनमा ल्याएको छ । ताल मुनि निर्माण सुरु गरिएको ४ वर्षमै उक्त सुरुङमार्ग सम्पन्न गरी संचालनमा ल्याएको हो ।
सांघाईभन्दा ५० किलोमिटर पूर्वी क्षेत्रमा रहेको जियाङसु प्रान्तस्थित लेक टिएहुमुनीबाट यो सुरुङमार्ग बनाइएको हो। उक्त अन्डरवाटर टनेलको लम्बाइ १०.७९ किलोमिटर रहेको बताइएको छ ।
उक्त सुरुङमार्ग निर्माण लागत करिब १.५६ बिलियन डलरमा रहेको छ । ४९.९ किलोमिटर लामो चाङझाउ-उसी राजमार्ग अन्तर्गत यो सडक पर्छ । दुई तर्फी टनेल निर्माण गर्न २ मिलियन क्युबिक मिटर कंक्रिट प्रयोग गरिएको थियो ।
१७.४५ मिटर चौडाइको उक्त सुरुङमा ६ लेनको सडक निर्माण गरिएको छ । टनेलको सिलिङमा एलइडी लाइटहरु जडान गरिएको छ ।