स्याफ्रुबेँसी-रसुवागढी सडकको सुक्खा पहिरो पन्छाउन सुरू, कम्तीमा २ दिन लाग्ने

काठमाडौं । मङ्गलबारदेखि बन्द स्याफ्रुबेँसी–रसुवागढी खण्डको सुक्खा पहिरो पन्छाउन थालिएको छ । सुक्खा पहिराले सडक अवरुद्व भएपछि स्थानीय प्रशासनको सहयोगमा त्यो हटाउन थालिएको हो ।

 

पहिरो हटाउन आज बिहानदेखि स्काभेटर प्रयोग गरिएको छ । पहिरो पन्छाउन डिभिजन सडक कार्यालय र जलविद्युत् आयोजनाको स्काभेटर प्रयोग गरिएको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जानकारी दिए।

 

पैदलमार्गीलाई पहिरोस्थलमा सुरक्षितरुपमा ओहोरदोहोर गराउन सुरक्षाकर्मी परिचालन गरिएको निमित्त जिल्ला प्रहरी प्रमुख गणेश सापकोटाले जानकारी दिए ।

 

ठाडो भिर क्षेत्रमा अवस्थित राजमार्गको अवरोध हटाउन संयमता अपनाउनुपर्ने भएकाले पहिरो पन्छाउन कम्तीमा दुई दिन लाग्ने प्राविधिकको अनुमान छ । पहिराले राजमार्ग अवरूद्व बनाएपछि चीनबाट आयात गरिएका मालसामान बोक्ने कन्टेनर टिमुरे क्षेत्रमै रोकिएका छन् ।

 

गोसाइँकुण्ड गाउँपालिका–३ कलाङकुलुङ खोला आसपास क्षेत्रको भू–भागमा पहिराले विद्युत्, टेलिफोन तथा इन्टरनेटसमेत बन्द छ । टिमुरे तथा रसुवागढी क्षेत्रमा सञ्चारविच्छेद भएको छ ।

८ बैंकको १५ लघुवित्तमा १० प्रतिशत बढी 'क्रस होल्डिङ' यी लघुवित्त मर्जरमा जानैपर्ने Read Previous

८ बैंकको १५ लघुवित्तमा १० प्रतिशत बढी 'क्रस होल्डिङ' यी लघुवित्त मर्जरमा जानैपर्ने

प्रभावकारी बन्दै विमानस्थलमा सञ्चालित सटल बस सेवा, यात्रुलाई निकै सहज Read Next

प्रभावकारी बन्दै विमानस्थलमा सञ्चालित सटल बस सेवा, यात्रुलाई निकै सहज