सिटी एक्सप्रेस पनि कनेक्ट आईपिएसमा आबद्ध

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपाल क्लियरिङ्ग हाउस बीच अब अन्तर बैंक भुक्तानी प्रणाली सेवा सुरु भएको छ ।उक्त भुक्तानी प्रणाली सेवा नेपाल क्लियरिङ्ग हाउस को कनेक्ट आईपिएस मार्फत ८० भन्दा बढी बैंक तथा वित्तिय संस्थाहरु बाट हुनेछ ।

 

सम्झौता पत्रमा नेपाल क्लियरिङ्ग हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान र सिटी एक्सप्रेस मनी ट्रान्सफरका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डनले हस्ताक्षर गरे ।

 

सो सेवा अन्तर्गत अब सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट रेमिटान्स कारोबारहरु कनेक्ट आईपीएस ई–पेमेन्ट मार्फत रियल टाइम र एनसीएचएल–आईपीएसमार्फत तोकिएको सीमामा उक्त कारोबारहरु भुक्तानी गर्न सकिन्छ । यस अनुरुप अव बैंक भुक्तानी कार्य हरु धेरै सहज र सरल हुने विश्वास गरिएको छ ।

 

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १३ वर्ष देखि विश्व भरी आफ्नो रेमिट एजेन्ट्हरुबाट ७ हजार भन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

अपर नौगाडले असोज पहिलो साता विद्युत् उत्पादन थाल्ने Read Previous

अपर नौगाडले असोज पहिलो साता विद्युत् उत्पादन थाल्ने

कोरियाले उपत्यकामा स्मार्टसिटी बनाउन सहयोग गर्ने Read Next

कोरियाले उपत्यकामा स्मार्टसिटी बनाउन सहयोग गर्ने