डिशहोमका दुई ग्राहकले पाए स्पेन घुम्ने अवसर

काठमाडौं । डिशहोमले यो वर्ष चाडपर्वको अवसरमा ल्याएको ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना अन्तर्गत पहिलो दुई भाग्यशाली विजेताको घोषणा गरेको छ ।

 

२०७८ कात्तिक १९ गतेदेखि डिशहोम, डिशहोम फाइबरनेट कम्बो प्याकेज, प्रभु टीभी, सिम टीभी को नयाँ कनेक्शन लिएका र ला लिगाको सिजन टिकट खरिद गरेका ग्राहकहरु यस योजनामा सहभागी भएका थिए ।

 

पुष १६ गते गरिएको लक्की ड्रमार्फत CasID No. 02564078696  र 02558255824  छानिएका हुन् । यस लक्की ड्रको प्रत्यक्ष प्रशारण सरोकार टीभी, रियालिटि टीभी, नेपा च्यानल लगायतका च्यानलहरु र डिशहोमको फेसबुक पेजमा गरिएको थियो ।

 

विजेताहरुले स्पेन जाने आउने दुईतर्फी हवाई टिकट, ४ रातको होटल व्यवस्था र ला लिगाको एउटा खेलको स्टेडियममै प्रत्यक्ष खेल हेर्ने अवसर पाउनेछन् ।

ग्लोबल आइएमई बैंक १६ औं वर्षमा प्रवेश, ४९ कर्मचारी सम्मानित Read Previous

ग्लोबल आइएमई बैंक १६ औं वर्षमा प्रवेश, ४९ कर्मचारी सम्मानित

नेप्सेमा लगातार उच्च अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने १४ कम्पनी Read Next

नेप्सेमा लगातार उच्च अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने १४ कम्पनी