सेयर बजारमा उछाल, यी हुन् धेरै मूल्य बढ्ने १५ कम्पनी

काठमाडौं । सेयर बजारमा उछाल आएको छ । गतसाता तीव्र उतरचढाव देखिएको नेप्से यससाता पहिलोे कारोबार दिनमै उच्च अंकले बढेको हो ।

 

सूचकमा उछाल आएसँगै कारोबार रकममा पनि बढोत्तरी आएको छ । आज ४ अर्ब रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

 

आइतबार सेयर बजार मापक सूचक नेप्से ६०.४१ अंकले बढेर २५८४.९१ विन्दुमा पुगेको छ । आज २४० कम्पनीको ४ अर्ब १२ करोड ६९ लाख ८० हजार ६८ रुपैयाँ बराबरको ७१ लाख ६० हजार ९८३ कित्ता सेयर किनबेच भएका छन् ।

 

आज कारोबारमा आएका १३ वटा समूहमध्ये सामूहिक लगानी कोष बाहेक बाँकी सबै समूहको परिसूचकमा हरियाली छाएको छ । उत्पादनमूलक समूह सबैभन्दा धेरै ५.०८ प्रतिशतले बढेको छ । त्स्तै, विकास बैंक र निर्जीवन बीमा समूह पनि ३ प्रतिशतभन्दा धेरैले बढेको छ ।

 

आज कारोबार भएका २४० कम्पनीमध्ये १९५ कम्पनीको सेयर मूल्य बढेको छ भने ३२ कम्पनीको घटेको छ । १३ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

 

आज हिमालयन डिस्ट्रीलरीको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ४५ करोडको सेयर किनबेच भएको छ । त्यस्तै, नबिल बैंक २९ करोड र शिवम् सिमेन्ट २३ करोडको कारोबार भई धेरै कारोबार हुने शीर्ष तीन कम्पनीमा रहे ।

 

उच्च अंकले बढेको बजारमा आज दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । हिमालयन डिस्ट्रीलरी र मध्यभोटेकोशी जलविद्युत् कम्पनीका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् । त्यसैगरी, सूर्यलाइफ इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्प्नीको प्रमोटर सेयरधनीले ९ प्रतिशत कमाएका छन् ।

 

त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंक, किसान लघुवित्त, मिथिला लघुवित्त, श्री इन्भेष्टमेन्टको सेयर मूल्य ७ प्रतिशभन्दा धेरैले बढेको छ भने सिभिल लघुवित्त, उन्नति सहकार्य लघुवित्त, ज्योति लाइफ, लुम्बिनी विकास बैंक, नेशनल माइक्रोफाइनान्स र इभरेष्ट इन्स्योरेन्सको प्रमोटर सेयर ६ प्रतिशतभन्द्या धेरैले बढेको छ ।

 

बढ्दो बजारमा आज गोर्खा फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ५.१२ प्रतिशत गुमाएका छन् ।

सुख, सुविधा त्यागेर कृषिमा होमिएका 'ब्रिटिस लाहुरे' देउकुमार, जसले पूर्वमा फैलाउँदै छन् किवी खेती Read Previous

सुख, सुविधा त्यागेर कृषिमा होमिएका 'ब्रिटिस लाहुरे' देउकुमार, जसले पूर्वमा फैलाउँदै छन् किवी खेती

शिवम् सिमेन्टले जथाभावी चुनढुंगा उत्खनन गर्दा सिंगो बस्ती जोखिमामा Read Next

शिवम् सिमेन्टले जथाभावी चुनढुंगा उत्खनन गर्दा सिंगो बस्ती जोखिमामा