५ तारे होटलको ‘न्यू इयर’ अफर : ६ हजारमा डिनरदेखि अनलिमिटेड ड्रिङ्क्स, कुनको कस्तो छ प्याकेज ?

काठमाडौं । कोरोनाका कारण शिथिल बनेको नेपालको पर्यटन क्षेत्र पछिल्ला केही महिनायता चलायमान बनेको छ । दशैं, तिहार जस्ता चाडवाडले नेपाली पर्यटन क्षेत्रलाई गुलजार बनाएको थियो भने अहिले पनि चलायमान छ ।

 

पछिल्लो समय नेपालीहरुमा घुमफिर गर्ने संस्कृति मौलाउँदै गएको छ । केही वर्ष अघिसम्म प्रायःजसो खानापिनमा रमाउने नेपालीहरु पछिल्ला वर्षहरुमा देशविदेश घुम्न थालेको देखिन्छ । यसले पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पारेको छ ।

 

यस्तै, हिउँद लागेसँगै देशको मुख्य पर्यटकीय क्षेत्रहरुमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ । पछिल्लो समय अधिकांशले कोरोना विरुद्धका खोप लगाइसकेकाले घुमफिरमा कुनै रोकतोक लागाइएको छैन ।यद्यपि, पछिल्ला केही दिन यता विश्वव्यापि रूपमा फैलिएको ओमिक्रोनले भने पर्यटन क्षेत्रलाई आतंकित र त्रासित बनाएको छ ।

 

यसैबीच, अंग्रेजी नयाँ वर्षले एकपटक फेरि पर्यटन क्षेत्र गुलजार बनाउने आशा गरिएको छ । पछिल्लो समय नेपालीहरुमा पनि बढ्दो विदेश प्रभावका कारण नयाँ वर्ष मनाउन थालेको देखिन्छ ।

 

अंग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै पाँचतारे होटलदेखि देशका मुख्य पर्यटकीय स्थलका होटल रिसोर्टहरुले विभिन्न अफर र प्याकेज ल्याएका छन् । नगरकोट, धुलिखेल, पोखरा, सौराहा, मेघौली, लुम्बिनी लगायत पर्यटकीय गन्तव्यका होटलहरूले आन्तरिक पर्यटकलाई आकर्षित गर्न विभिन्न अफर ल्याएका हुन् । विशेषगरी अधिकांश होटलहरुले न्यू इयर इभ (डिसेम्बर ३१)दिनका लागि अफर ल्याएका छन् ।

 

कुन होटले कस्ता ल्याए अफर ?

 

होटल सोल्टी : अन्तर्राष्ट्रिय स्तरको पाँचतारे होटल सोल्टी क्राउनले नयाँ वर्षको अफरमा ५९९९ रुपैयाँदेखिको प्याकेज ल्याएको छ । सोल्टीले ५९९९ रुपैयाँमा गाला डिनर बफे, अनलिमिटेड ड्रिङ्क्स् (प्रिमियम अल्कोहल), लाइभ म्युजिक सुविधा उपलब्ध गराउने भएको छ ।

 

यस्तै, होटलले स्पेशल प्याकेज अन्तर्गत एकजनाका लागि १० हजार ९९९ रुपैयाँ र जोडीका लागि १९ हजार ९९९ रुपैयाँमा गाला डिनर बफे, अनलिमिटेड ड्रिङ्क्स् (प्रिमियम अल्कोहल), लाइभ म्युजिकका साथै आकर्षक उपहार जित्ने अवसर दिने छ ।

 

एभरेष्ट होटल : काठमाडौंको नयाँ बानेश्वरमा अवस्थित पाँचतारे होटल एभरेष्टले अंग्रेजी नयाँ वर्षको अवसरमा आकर्षक प्याकेज ल्याएको छ । एभरेष्टले प्रतिव्यक्ति ८ हजार रुपैयाँमा अनलिमिटेड स्न्याक्स्, डिनर बफे, अनलिमेटेड ड्रिङ्क्स (बेलुका १२१ बजेसम्म), आकर्षक गिफ्ट भौचर, लाइभ डिजे लगायत सुविधा उपलब्ध गराउने भएको छ ।

 

उक्त प्याकेजमा १० वर्ष मुनिकाले ५० प्रतिशत छुट पाउनेछन् भने ५ वर्ष मुनिकालाई निःशुल्क डिनर उपलब्ध गराउने होटलले जनाएको छ । साथै, होटलले नयाँ वर्षको उपलक्ष्यमा कोठाको शुल्कमा समेत छुट दिने जनाएको छ ।

 

होटेल मेरियट : काठमाडौंको कलपोखरीमा रहेको पाँचतारे होटल मेरियटले ७५०० रुपैयाँमा एशियाका उत्कृष्ट ७ वटा परिकार खाना पाउने अफर ल्याएको छ । साथै, लाइभ म्युजिकको आनन्द लिनसक्ने जनाएको छ ।

 

होटल र्‍याडिशन : लाजिम्पाटमा रहेको पाँच तारे होटल र्‍याडिशनले न्यू इएर इभ प्याकेज अन्तर्गत खाने बस्ने सुविधासहितको प्याकेज ल्याएको छ । र्‍याडिशनले एक जनाका लागि १२ हजार ९९९ र जोडीका लागि १७ हजार ९९९ रुपैयाँमा बस्ने सुविधा, लभिस बफे, विदेशी पेय पदार्थ, बे्रकफास्ट उपलब्ध गराउने भएको छ । साथै, कस्टमरले लाइभ म्युजिकको आनन्द लिनसक्ने छन् ।

 

यस्तै, होटलले एकजनाका लागि ८ हजार ९९९ र जोडीले १५ हजार ९९९ रुपैयाँमा डिनर (लभिस बफे), अनलिमिटेड ड्रिङ्क्स् (प्रिमियम अल्कोहल), लाइभ म्युजिकको आनन्द दिनसक्ने जनाएको छ ।

 

होटल अलफ्ट : ठमेल अवस्थित पाँचतारे होटल अलफ्ले न्यू इयर इभ प्याकेज अन्तर्गत एकजना ७ हजार ७७७ रुपैयाँ (कर जोडिने) र जोडीका लागि १५ हजार ५५५ रुपैयाँमा लाइभ म्युजिक, ग्रुभिङ डिजे, लभिस डिनर र अनलिमिटेड ड्रिङक्स दिने भएको छ ।

 

चन्द्रागिरि हिल्स रिसोर्ट : काठमाडौंको पर्यटकीय स्थल चन्द्रगिरिमा अवस्थित यस रिसोर्टले नयाँ वर्ष अफर अन्तर्गत २० हजारमा खानाबस्ने सुविधासहितको कम्प्लिट ‘न्यू इएर इभ’ प्याकेज ल्याएको छ ।

 

रिसोर्टले २० हजार रुपैयाँमा दुई जनालाई ब्रेकफास्ट, गाला डिनर, डिलक्स रुम उपलब्ध गराउने भएको छ । साथै, दुइतर्फी केबलकारको टिकट, स्वीमिङ, ज्याकुजी सुविधा पनि उपलब्ध गराउने छ भने स्पामा १० प्रतिशत छुट दिने चन्द्रागिरि हिल्सले जनाएको छ ।

मकैको बीउमा परनिर्भरता बढ्दै : अर्जेन्टिना, दक्षिण अफ्रिकादेखि ल्याइँदै, ७ अर्बको आयात Read Previous

मकैको बीउमा परनिर्भरता बढ्दै : अर्जेन्टिना, दक्षिण अफ्रिकादेखि ल्याइँदै, ७ अर्बको आयात

कर्णालीको भविष्य जोडिएको जगदुल्ला जलविद्युतको काम धमाधम अघि बढ्दै Read Next

कर्णालीको भविष्य जोडिएको जगदुल्ला जलविद्युतको काम धमाधम अघि बढ्दै