युनिलिभरले ७७०% लाभांश दिने घोषणा

काठमाडौं। दोस्रो बजारमा सबैभन्दा महँगो सेयर मूल्य भएको उत्पादनमूलक कम्पनी युनिलिभर नेपालले गत आर्थिक वर्षको नाफाबाट ७७०% लाभांश दिने घोषणा गरेको छ ।

 

कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको भन्दा १० प्रतिशत बढी अर्थात प्रतीकित्ता ७७० रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको हो ।

 

कम्पनीले गत वर्ष ७०० रुपैयाँ नगद लाभांश घोषणा गरेको थियो। यो लाभांश प्रस्ताव आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ ।

 

गत वर्ष कम्पनीले १ अर्ब ६ करोड रुपैयाँ नाफा गरेको थियो। अघिल्लो वर्ष नाफा ९९ करोड ९४ लाख रुपैयाँ नाफा गरेको थियो। कम्पनीको चुक्ता पूँजी ९ करोड २१ लाख रुपैयाँ रहेको छ। कम्पनीको जगेडा कोषमा एक अर्ब ८१ करोड रुपैयाँ जम्मा भएको छ।

 

युनिलिभर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीमध्येमा सबैभन्दा धेरै प्रतिसेयर आम्दानीकोभएको कम्पनी हो । यसको प्रतिसेयर आम्दानी ११५८ रुपैयाँ छ। यसको प्रतिसेयर नेटवर्थ २ हजार ५२६ रुपैयाँ छ ।

निजगढ विमानस्थल हालकै स्थानमा बन्ने, केही महीनाभित्रै  मोडालिटी तयार हुने Read Previous

निजगढ विमानस्थल हालकै स्थानमा बन्ने, केही महीनाभित्रै मोडालिटी तयार हुने

अब प्रत्येक सहकारीले एउटा कृषि फर्म सञ्चालन गर्नुपर्ने Read Next

अब प्रत्येक सहकारीले एउटा कृषि फर्म सञ्चालन गर्नुपर्ने