काठमाडौं । अब प्रत्येक सहकारीले एउटा कृषि फर्म संचालन गर्नुपर्ने भएको छ । हरेक सहकारीलाई क्षमता भएकोमा एउटा स्थानीय फर्म निर्माण गरी अघि बढ्नुपर्ने भूमि, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा कुमारी अर्यालले बताएकी छिन् ।
‘सहकारीले भाषण मात्र गर्छन् भनेर भनिसके । अब अभियन्तालाई कुनकुन स्थानीय तहमा फर्म बनाउने भनेर मैले होमवर्क दिएर पठाउने हो,’ मन्त्री अर्यालले भनिन् ।
नेपाल सहकारी पत्रकार समाजको नवौं वार्षिक उत्सवमा बोल्दै उनले सरकारको तर्फबाट कृषिमा लाग्नेलाई ऋण नलिने व्यवस्था भइसकेको भन्दै किसानलाई प्रोत्साहन गर्न कृषि सहकारीलाई अग्रता दिनुपर्ने । अब सहकारी क्षेत्रमा केही नयाँ काम गर्ने गरी सरकार अघि बढेको उनले बताइन ।
यस्तै, उनले जग्गाको विषयमा समेत अबको समयमा डिजिटलाइज भएका मालपोत कार्यालयमा सरकारी जग्गा अन्य व्यक्तिले आफ्नो बनाउन नसक्ने उनले बताइन् । जग्गाको पूर्ण तथ्यांक संकलन गर्न लागिएको भन्दै अव्यक्तित वसोबासलाई समेत सुधारिदै लैजाने उनले बताइन् ।
जग्गा भएका र घर भएका मानिसहरु समेत अव्यवस्थित बस्ती बनाएर बसिरहेको हुँदा त्यसमा कडा अनुगमन गर्ने र घर नभएकालाई निशुल्क बसोबासको अनुमति दिने उनले बताइन । घर तथा जग्गा भएर समेत अव्यवस्थित बसोबास गरेकालाई भने ठाउँको मूल्य चुकाएर मात्र बसोबासको अनुमती दिइने उनले बताइन् ।