काठमाडौं । सोलुखम्बुको थुलुङ दुधकोशी गाउँपालिका–३ मा निर्माणाधीन ८६ मेगावाटको सोलुखोला दूधकोशी जलविद्युत आयोजना परीक्षणका क्रममा पाइप पड्किँदा दुई जना इन्जिनीयरको मृत्यु भएको छ ।
आइतबार दिउँसो परीक्षणका क्रममा आयोजनाको पेनस्टक पाइप पड्किएर आयोजनामा कार्यरत इन्जिनियरद्वय अछामका २६ वर्षीय सुवासराज रेग्मी र काभ्रेका २९ वर्षीय अर्जुन थापाको मृत्यु भएको हो ।
परीक्षणका क्रममा पाइपमा पानी हालेपछि विष्फोटसहित जोडिएको भाग छुटिएर घटना भएको हो । त्यस्तै, घटनामा घाइते भएका एक इन्जिनीयरको काठमाडौंमा उपचार भइरहेको छ ।
मृतकको शव परीक्षणका लागि आज बिहान हेलिकप्टरबाट त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको छ।