निर्धन उत्थानसहित ३ कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन, कुनको कति ?

काठमाडौं । नेप्सेमा सूचीकृत तीन कम्पनीको लाभांश पाउन सेयर किन्ने आज (पुस १२ गते) अन्तिम दिन रहेको छ । निर्धन उत्थान लघुवित्त, नेपाल हाइड्रो डेभलपर र महालक्ष्मी विकास बैंकले घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

 

तीनै कम्पनीले साधरणसभा प्रयोजनका लागि भोलि (पुस १३ गते) बुकक्लोज मिति तोकेका छन् । तसर्थ, आजसम्म नेप्सेमा कारोबार भइ कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।

 

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५५ प्रतिशत नगद गरी कुल ३१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न लघुवित्तले पुस २५ गते २३ औं वार्षिक साधरण सभा केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा बोलाएको छ ।

 

त्यसैगरी, महालक्ष्मी विकास बैंकले गत वर्षको नाफाबाट घोषणा गरेको २१ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत गरी कुल २१.०५ प्रतिशत लाभांश पारित गर्न पुस २५ गते २० औं वार्षिक साधरण सभा बोलाएको छ । बैंकको सभा आर्मी अफिसर क्लब, टुँडिखेल, काठमाडौंमा हुनेछ ।

 

त्यस्तै, नेपाल हाइड्रो डेभलपर कम्पनीले लाभांश पारित गर्ने मुख्य एजेन्डासहित पुस २८ गते १५ औं वार्षिक साधरण सभा बोलाएको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८को मुनाफाबाट प्रस्ताव गरेको ७.३६ प्रतिशत लाभांश पारित गर्न कम्पनीको रजिस्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडौंमा साधरण सभा बोलाएको हो ।

 

तीनै कम्पनीको प्रस्तावित लाभांश साधरण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

धनगढी विमानस्थलको जग्गा अधिग्रहणका लागि १ अर्ब बजेट विनियोजन Read Previous

धनगढी विमानस्थलको जग्गा अधिग्रहणका लागि १ अर्ब बजेट विनियोजन

उखु खेतीबाट ३० हजार बढी किसान पलायन, उखु अभावले चिनी उद्योग संकटमा Read Next

उखु खेतीबाट ३० हजार बढी किसान पलायन, उखु अभावले चिनी उद्योग संकटमा