तीन कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन, कुनको कति ?

काठमाडौं । नेप्सेमा सूचीकृत तीन कम्पनीको लाभांश पाउन सेयर किन्ने आज (पुस ११ गते) अन्तिम दिन रहेको छ । विजया लघुवित्त, एनसीसी बैंक र महुली लघुवित्तले घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

 

तीनै कम्पनीले साधरणसभा प्रयोजनका लागि भोलि (पुस १२ गते) बुकक्लोज मिति तोकेका छन् । तसर्थ, आजसम्म नेप्सेमा कारोबार भइ कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।

 

विजया लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २०.०३१ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५८ प्रतिशत नगद गरी कुल २१.०८५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न लघुवित्तले पुस २४ गते गैंडाकोट रिसोर्ट नवलपरासीमा नवौं वार्षिक साधारण सभा बोलाएको छ ।

 

त्यसैगरी, महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट घोषणा गरेको २६ प्रतिशत बोनस सेयर लाभांश पारित गर्न पुस २४ गते नवौं वार्षिक साधरण सभा बोलाएको छ । लघुवित्तको सभा केन्द्रीय कार्यालय सप्तरीमा हुनेछ ।

 

त्यस्तै, एनसीसी बैंकले लाभांश पारित गर्ने मुख्य एजेन्डासहित पुस २९ गते २४ औं वार्षिक साधरण सभा बोलाएको छ । बैंकले आर्थिक वर्ष २०७७/७८को मुनाफाबाट प्रस्ताव गरेको ८.४२ प्रतिशत लाभांश पारित गर्न होटल हार्दिक, बागबजार, काठमाडौंमा सभा बोलाएको हो ।

 

तीनै कम्पनीको प्रस्तावित लाभांश साधरण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

कोतडाँडाका कर्ण दाइको होमस्टे, जहाँ १५०० रुपैयाँमा  पाइन्छ ‘कम्प्लिट प्याकेज’ Read Previous

कोतडाँडाका कर्ण दाइको होमस्टे, जहाँ १५०० रुपैयाँमा पाइन्छ ‘कम्प्लिट प्याकेज’

जगदुल्ला जलविद्युत् आयोजनाको ‘ट्रस्ट एडिट टनेल’ अन्तिम चरणमा Read Next

जगदुल्ला जलविद्युत् आयोजनाको ‘ट्रस्ट एडिट टनेल’ अन्तिम चरणमा