नारायणी विकास बैंकको हकप्रद खुल्यो, कहिलेसम्म सेयर किनेकाले भर्न पाउँछन् ?

काठमाडौं । नारायणी विकास बैंकको आज (पुस ७ गते) देखि हकप्रद सेयर विक्री खुला भएको छ । बैंकले हाल कायम चुक्ता पूँजीको १ः१ अनुपातमा हकप्रद सेयर विक्रीमा ल्याएको हो ।

 

बैंकले प्रतिकित्ता १०० रुपैयाँ दरले १३ करोड १२ लाख ३४ हजार रुपैयाँ बराबरको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद जारी गरेको हो ।

 

बैंकको हकप्रद सेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । बैंकको हकप्रदमा ग्लोबल आइएमई क्यापिटल, नारायणी डेभलपमेन्ट बैंकका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन पाइने छ । साथै, सी-आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरोसेयरमार्फत पुस २७ गतेसम्म आवेदन दिन पाइने छ ।

 

हकप्रद निष्काशनका लागि बैंकले मंसिर २४ गते बुकक्लोज गरेको थियो । त्यस अनुसार मंसिर २३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनी मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् ।

 

बैंकको हकप्रदलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी आइआर सिंगल सी प्लस’ रेटिङ्ग दिएको छ । यसले बैंकको वित्तीय दायित्व पूरा गर्न उच्च जोखिममा रहेको संकेत गर्दछ।

 

हाल १३ करोड १२ लाख ३४ हजार चुक्ता पूँजी रहेको बैैंकको १ः१ अनुपातमा हकप्रद जारी पछि चुक्ता पूँजी २६ करोड २४ लाख ६८ हजार पुग्नेछ ।

२६ वाणिज्य बैंकको लाभांश : नबिलको बम्पर, सिभिलको सबैभन्दा कम, कुनको कति ? Read Previous

२६ वाणिज्य बैंकको लाभांश : नबिलको बम्पर, सिभिलको सबैभन्दा कम, कुनको कति ?

बैना लिएर जग्गा पनि नदिने र पैसा पनि फिर्ता नदिने व्यक्ति पक्राउ, डेढ करोड ठगेको आरोप Read Next

बैना लिएर जग्गा पनि नदिने र पैसा पनि फिर्ता नदिने व्यक्ति पक्राउ, डेढ करोड ठगेको आरोप