काठमाडौं । महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट घोषणा गरेको २१.०५ प्रतिशत लाभांश् पारित गर्न साधरण सभा बोलाएको छ ।
बैंक सञ्चालक समितिको पुस २ गते बसेको ५०६ औं बैठकको बैंकको २० औं वार्षिक साधारण सभा पुस २५ गते बोलाउने निर्णय गरेको हो । बैंकको सभा अफिसर्स क्लब, भद्रकाली, टुंडिखेल, काठमाडौंमा हुने छ ।
वार्षिक साधारण सभामा संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफा रकमबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस सेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश गरि कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारितका लागि पेश गरिनेछ ।
आर्थिक वर्ष २०७७/७८ मा यस विकास बैंकले विभिन्न वित्तीय सूचाकंहरुमा ठूलो फड्रको मारी आदरणीय शेयरधनी महानुभावहरुलाई २१.०५२६ प्रतिशतको ऐतिहासिक लाभांश दिने भएको छ । आर्थिक वर्ष २०७६/७७ को तुलनामा यस बैंकको कर्जा प्रवाह १६ प्रतिशत तथा निक्षेप संकलन ६ प्रतिशतले बढेको छ । बैंकको खुद नाफा आर्थिक वर्ष २०७६/७७ को तुलनामा ६३.५७ प्रतिशत र वितरणयोग्य नाफा १४५ प्रतिशतले बढेकै कारण २१.०५२६ प्रतिशतको लाभांश सम्भव भएको कुरा बैंकले जनाएको छ ।
बैंकले हाल देशभरका १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु प्रदान गर्दै आएको छ ।