सेञ्चुरी कमर्शियल बैंकले घोषणा गर्‍यो अहिलेसम्मकै थोरै लाभांश

काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

 

बैंक सञ्चालक समितिको पुस २ गते बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई ५.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३ प्रतिशत नगद गरी कुल ६.०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

 

बैंकले घोषणा गरेको लाभांश अहिलेसम्मकै कम हो । यसअघि बैंकले आर्थिक वर्ष २०७४/७५ मा सबैभन्दा कम ६.५ प्रतिशत लाभांश दिएको ।

 

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

कर्णालीमा चामल ढुवानी गर्न १७ निजी कम्पनीलाई ठेक्का Read Previous

कर्णालीमा चामल ढुवानी गर्न १७ निजी कम्पनीलाई ठेक्का

कुखुराको दानाको कच्चा पदार्थको मूल्यमा उच्च वृद्धि, कति पुग्यो ? Read Next

कुखुराको दानाको कच्चा पदार्थको मूल्यमा उच्च वृद्धि, कति पुग्यो ?