सेन्टर फाइनान्सले घोषणा गर्‍यो ५ वर्ष यताकै धेरै लाभांश, बोनस र नगद कति ?

काठमाडौं । सेन्टर फाइनान्सले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

 

फाइनान्स सञ्चालक समितिको मंसिर २९ गते बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई ७.७ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित लागि ३.३ प्रतिशत नगद गरी कुल ११ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

 

कम्पनीले घोषणा गरेको लाभांश पछिल्लो ५ वर्ष यताकै धेरै हो । फाइनान्सले आर्थिक वर्ष २०७३/७४ देखि यता १० प्रतिशतभन्दा धेरै लाभांश दिएको छैन ।

 

प्रस्तावि लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन् ।

झन्झन खस्कँदै अर्थतन्त्र, अधिकांश सूचक नकारात्मक, यस्तो छ अवस्था Read Previous

झन्झन खस्कँदै अर्थतन्त्र, अधिकांश सूचक नकारात्मक, यस्तो छ अवस्था

विश्वभर सन् २०२१ मा गुगलमा सबैभन्दा धेरै के खोजियो ? Read Next

विश्वभर सन् २०२१ मा गुगलमा सबैभन्दा धेरै के खोजियो ?