काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक यति एयरलाइन्सले अंग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै ‘रू.१ ट्रिप’ अफर ल्याएको छ ।
एयरलाइन्सले मोबाइल एपबाट डिसेम्बर ३१ को दिन काठमाडौंबाट पोखरा जाने टिकट काट्ने यात्रुमध्येबाट भाग्यशाली विजेतालाई ट्रिप अफर (दुईजनाका लागि दुईतर्फी टिकट र होटल बाराहीमा २ रात ३ दिन बस्ने) दिने भएको हो ।
साथै, दैनिक भाग्यमानी एकजनाले दराज अनलाइनबाट ५०० रुपैयाँ बराबरको भौचर पाउने एयरलाइन्सले जनाएको छ ।
यसका लागि यात्रुहरुले यतिको मोबाइल एपबाट डिसेम्बर ३१ का लागि काठमाडौं–पोखरा टिकट काट्नु पर्नेछ । यात्रुले रू. १ प्रोमोेकोड प्रयोग गरी फ्लाइट खोज्न सक्नेछन् । त्यसपछि आफ्नो सम्पूर्ण विवरण भरी ईसेवा वा खल्तीबाट भुक्तानी गर्नुपर्नेछ । त्यसपछि टिकट डाउनलोड पीएनआर/टिकट नं. एयरलाइन्सको फेसबुक पेजमा कमेन्ट गर्नुपर्नेछ ।
यस योजनामा डिसेम्बर २७ भित्र टिकट काट्नेले मात्र सहभागी हुन पाउने छन् । विजेता पनि सोही दिन घोषणा गरिने एयरलाइन्सले जनाएको छ ।
यो एउटा खेल भएको र निर्धारित उडान नभएको कम्पनीले जानकारी गराएको छ । अभियानपछि सबै सहभागीहरूलाई रू. १ फिर्ता गरिने कम्पनीले जनाएको छ ।