विदेशमा कमाएको पैसाले रंगिन छानो मात्र छाउने कि व्यावसाय पनि गर्ने

‘नेपालको राजनीति र सामाजिक व्यवस्था ‘पशुपतिनाथ’ (आवश्यक संरचना, संस्था र सञ्चालन व्यवस्थाको अभाव भएको अर्थमा) र अर्थव्यवस्था रेमिट्यान्सले धानेको छ’, भन्ने भनाई चर्चित छ । तथ्यले पनि नेपालले अन्य सबै आयात र मानिस भने निर्यात गर्दै आएको कुरा नै पुष्टि गर्छ ।

 

सिन्धुपाल्चोकका राजु गिरी १० वर्ष अगाडि ‘फेन्सी’ पसलमा काम गर्थे । पसलमा काम गर्दा गर्दै फुर्सदमा कोरियन भाषा पढे । सन् २००८ मा भाषा परीक्षा दिए र पहिलो लटमै नाम निकाले । सन् २००९ मा रोजगारिका लागि उनी दक्षिण कोरिया उडे ।

 

कोरियामा प्लास्टीक कारखानामा काम गर्न पुगेका उनले त्यहाँ १० वर्ष बिताए । उतै कोरियन महिलासँग विवाह समेत गरे । र, नेपाल फर्किए ।

पुसको जाडो र व्यवसाय

 

नेपालको अर्थव्यवस्था रेमिट्यान्सले चलेको छ । तर, समस्या के छ भने रेमिट्यान्स पठाउने युवाहरुले भने विदेशमा कमाएको पैसाले उद्यम, लगानी, व्यवसाय इत्यादी गरेर दीर्घकालिन रुपमा आफ्नो आर्थिक हैसियत उकास्ने गरेका छैनन् । विदेशम केही सीप वा ज्ञान हासिल गरेर यता व्यवसाय गर्नेहरुको संख्या पनि न्यून छ ।

 

उनीहरुले कमाएको पैसा अधिकांश उपभोगमा सकिने गरेको छ । र, २–४ वा ५ वर्ष विदेश बसेर कमाए पनि घरमा नयाँ टिभी, रङ्गीन छानो आदि मै कमाई सकिने गरेको छ ।

 

यसले जाडोलाई सहजै कम गर्छ (कोठाको तापक्रम बढाएर), भित्ताबाट आउने चिसो समेत रोक्छ, भित्ता फोहोर भए यसलाई पुछेर सफा गर्न सकिन्छ, घर सर्दा यसलाई उप्काएर लैजान सकिन्छ र यसले विद्युती खर्चलाई समेत कम गर्छ (कोठा तताउन हिटर इत्यादि चलाउनु नपर्ने भएका कारण) ।

 

राजु गिरीको कोरिया बसाई भने व्यवसायसँग जोडियो । किस्सा केही रमाइलो छ । नेपाल फर्किएपछि काठमाडौंको कपनमा घर किनेका उनले पुस महिनाको रातमा जाडो भएको महशूस गरे । जाडोका कारण २ वटा सिरक ओडेर सुत्नु परेको र त्यसले समेत जाडो भगाउन नसकेको उनले सुनाए ।

 

त्यसपछि श्रीमतिको सल्लाहमा उनले कोरियाबाट ल्याएको ‘वाल फोम’ (जुन थोरै लचकदार पनि हुन्छ) भित्तामा लगाए ।

 

वाल फोमका गुण

 

अर्को दिन समेत जाडोको डरले २ वटा सिरक ओडेर सुतेका उनी पसिना–पसिना भए । त्यसबाट केही ‘साइड इफेक्ट’ पो भएको हो कि ? भनि जानकारी लिन खोज्दा सो वाल फोमबाट कोठाको तापक्रममा ५ देखि ७ डिग्रिसम्म तापक्रम बढ्ने थाहा पाए ! त्यसपछि उनले यसका बारे थप खोजिनीति गरे । र, एक मात्र नभई उनले ५ वटा गुण पाए ।

पहिलो, यसले जाडोलाई सहजै कम गर्छ (कोठाको तापक्रम बढाएर), भित्ताबाट आउने चिसो समेत रोक्छ, भित्ता फोहोर भए यसलाई पुछेर सफा गर्न सकिन्छ, घर सर्दा यसलाई उप्काएर लैजान सकिन्छ र यसले विद्युती खर्चलाई समेत कम गर्छ (कोठा तताउन हिटर इत्यादि चलाउनु नपर्ने भएका कारण) ।

 

नेपालमा परम्परागत माटोका घरहरु, जसले प्रकृतिक रुपमै वातानुकुलित घरको काम गर्थे, विस्थापित हुँदैं सिमेन्टका घरहर बन्न थालेपछि यस्ता घरहरु निकै चिसा हुने भएकाले केटाकेटी, बुढाबुढी र बिरामीहरुका लागि ठूलो समस्या परेको उनले महशुस गरे । त्यसमाथि नेपालमा बाथको रोगीहरु बढ्दै गरेको समेत चाल पाए ।

 

यी सबै कुरा थाहा पाए पछि उनी कोरिया गए र यसको मूल्य र उत्पादनका बारेमा बुझे । कोरियामा यस्तो ‘वाल फोम’ निर्माण गर्ने कम्पनीहरु धेरै रहेको उनले पाए । कोरियामा सरकारको मान्यता सहित यसलाई गुणस्तरीय रुपमा उत्पादन गरिएको र त्यसलाई कोरियनहरुले घरमा आफै किनेर लगाउने गरेको देखे ।

 

वाल फोमका व्यवसायीक कुरा

 

यसरी उनले नेपालमै यसलाई आयात गर्ने र व्यवसाय गर्ने योजनाका साथ भन्सार मूल्यदेखि सबै कुराको जानकारी लिए । उनले सुरुमा ३० लाख लगानीमा ‘वाल फोम’ आयात गरी विक्रीका लागि महाङ्कालमा पसल समेत लिए । यसरी ३० लाख लगानीबाट वाल फोम व्यवसाय सुरु गरेका उनले हाल ६० लाख रुपैयाँ लगानी वृद्धि गरेका छन् ।

 

वाल फोमले घरको डिजाइनलाई राम्रो देखाउने काम मात्र नभई यसले चिसोबाट बचाउन सक्छ । भने यो एक पटक लगाएपछि १० वर्षसम्म टिक्छ । यो उप्किए पनि त्यसलाई सजिलै फेरी टाल्न मिल्ने र यसलाई पानीले कुनै असर नगर्ने उनले बताए ।

 

तर, यसको बजार विस्तार गर्न भने उनलाई मुश्किल परिरहेको छ । यती धेरै गुण हुँदा समेत सर्वसाधरणलाई थाहा नहुँदा यसको माग उल्लेख्य रुपमा बढ्न भने सकेको छैन । यो वातावरण मैत्री भएको र यसले वातावरणलाई केही समस्या नपार्ने उनले बताए ।

 

यसको मूल्य प्रति वर्ग फिट ९० रुपैयाँमा विक्री गरिएको उनले बताए । उनले वाल फोम कोरियाको ‘जाइडी इन्सुलेसन’ कम्पनीबाट आयात गरेर विक्री गर्न थालेका हुन् । आयात गर्दा ३० प्रतिशत राजश्व लाग्ने गर्छ भने १३ प्रतिशत भ्याट समेत छुट्टै तिर्नु पर्ने उनले बताए ।

 

वाल फोम अर्डर गरेर नेपाल आयात गर्दा ४० दिन भित्र आइपुग्ने गरेको बताए । अर्डर गरेपछि मात्र त्यो बनाएर पठाउने भएकाले वाल फोम ल्याउन धेरै समय लाग्ने गरेको उनले बताए । उक्त वाल फोम पी फम, प्लास्टिक तथा स्टिल प्लास्टिक समेत राखेर बनाइएको उनले जानकारी दिए ।

उनले यो आयात गरी विक्री गर्न थालेको ४ महिना मात्र भएको छ । उनले विभिन्न फर्निसिङ पसलहरुलाई विक्रिका लागि दिन चाहे पनि पसलहरुले सुरुमै त्यसको रकम नदिने र विक्री भएपछि मात्र रकम भुक्तानी गर्ने भएपछि उनले फेसबुक पेजहरुबाटै यसको विक्री वितरण सुरु गरेका छन् । यस्तै उनले आफ्नो चिनजानमा रहेको साथीहरुलाई समेत यसको प्रयोग गर्न प्रोत्साहन गर्ने र त्यसको गुणस्तर बुझाउने कोशिस गरेका छन् ।

 

वाल फोमले घरको डिजाइनलाई राम्रो देखाउने काम मात्र नभई यसले चिसोबाट बचाउन सक्छ । भने यो एक पटक लगाएपछि १० वर्षसम्म टिक्ने गिरीले दाबी गरे ।यो उप्किए पनि त्यसलाई सजिलै फेरी टाल्न मिल्ने र यसलाई पानीले कुनै असर नगर्ने उनले बताए ।

 

सामान्य घर बनाउन व्यक्ति रङ लगाउनुको सट्टा यसलाई आफ्नो घरको भित्तामा लगाउनु धेरै फाइदाजनक रहने उनले जानकारी दिए । यो भित्तामा लगाउन मात्र नभई मानिसहरुले कराँते वा त्यस्तै अन्य खेल खेल्ने ठाउँमा नठोक्कियोस् (थोरै लचकदार हुने भएका कारण) भनेर र ‘एक्वेरियम’मा समेत तापक्रमको सन्तुलनको लागि यसको प्रयोग गर्ने गरेको उनले बताए ।

 

हालसम्म उनले भक्तपुर, तिनकुने र पुल्चोकमा यसको विक्री भइरहेको जानकारी दिए । माग बढ्दै गए यसको उत्पादन यहीँ शुरु गर्ने र आयात घटाउनुका साथै रोजगारी सृजनामा पनि केही योगदान गर्न सकिने उनको बुझाई रहेको छ ।

 

‘माग र विक्री बढाए देखि नेपालमै कारखाना खोलेर सस्तोमा उत्पादन गर्नका लागि कोरियन कम्पनी पनि इच्छुक छ । यसका लागि फुर्सदमा जग्गा पनि यसो हेरिरहेको छु । तर, तत्कालको चुनौती भने यसको प्रभावकारी बजारीकरण गर्ने र ग्राहक बढाउने मै छ,’ गिरीले बताए ।

एनआईसी एशिया र ग्लोबल की टेक्नोलोजिजबीच क्यास ब्याक सम्झौता Read Previous

एनआईसी एशिया र ग्लोबल की टेक्नोलोजिजबीच क्यास ब्याक सम्झौता

हरियो नोटको आकर्षण खस्कँदै, के क्रिप्टोकरेन्सीले डलरलाई विस्थापित गर्ला Read Next

हरियो नोटको आकर्षण खस्कँदै, के क्रिप्टोकरेन्सीले डलरलाई विस्थापित गर्ला