सेयर बजारमा लगातार भीषण पहिरो, यी हुन् धेरै मूल्य घट्ने १२ कम्पनी

काठमाडौं । सेयर बजारमा लगातार भीषण पहिरो गएको छ । आइतबार एकैदिन ८८ अंकले घटेको बजार आज पनि ७९ अंकले घटेको हो । पछिल्ला दुई दिनमै नेप्से १६७ अंकले घटेको छ ।

 

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर धितो कर्जाकामा कडाइ गरे यता ओरालो लागेको बजार अझै लयमा फर्किएको छैन । पछिल्लो समय बैंकिङ प्रणालीमा भएको तरलता अभावले पनि बजारलाई प्रभाव पारेको देखिन्छ ।

 

त्यस्तै, सरकारमा बसेका र सरोकारवाला व्यक्तिहरुको गैरजिम्मेवार अभिव्यक्तिले पनि लगानीकर्ताको मनोविज्ञानमा नकारात्मक असार पारेको देखिन्छ । पछिल्लो ४ महिनामा मात्रै झन्डै ९०० बढी अंकले घटिसकेको छ ।

 

सोमबार सेयर बजार मापक सूचक नेप्से ७९.२३ अंकले घटेर २२८२ विन्दुमा आइपुगेको छ । आज २३३ कम्पनीको ३ अर्ब ९९ करोड ५६ लाख ४ हजार १७८ रुपैयाँ बराबरको ९६ लाख ७९ हजार ७२ कित्ता सेयर किनबेच भएका छन् ।

 

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएको छ । फाइनान्स समूह सबैभन्दा धेरै ६.५१ प्रतिशतले घटेको छ । त्यस्तै, विकास बैंक समूह र निर्जीवन बीमा समूह पनि ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।

 

आज नबिल बैंकको सर्वाधिक कारोबार भएको छ । यसको १८ करोड रुपैयाँको कारोबार भएको छ । यस्तै, नेशनल हाइड्रोपावरको १३ करोड र हिमालयन डिस्ट्रीलरी १२ करोडको कारोबार हुँदै सर्वाधिक कारोबार हुने कम्पनीको शीर्ष तीनमा रहे ।

 

आज कारोबारमा आएका २३३ कम्पनीमध्ये जम्मा १३ कम्पनीको सेयर मूल्य बढेको छ भने २१४ कम्पनीको घटेको छ । ६ कम्पनीको मूलय भने स्थिर रहेको छ ।

 

उच्च अंकले घटेको बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । स्वाभिमान लघुवित्त र दिव्यश्वरी हाइड्रोपावरको सेयर मूल्य करिब १० प्रतिशतले घटेको छ ।

 

त्यसैगरी, नेशनल हाइड्रो डेभलपर, गुडविल फाइनान्स, आँखुखोला, तेह्रथुम पावर, मञ्जुश्री फाइनान्स र आइसीएफसी फाइनान्सको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको छ । त्यस्तै, ग्रीन डेभलपमेन्ट बैंक, युनाइटेड इदीमार्दी हाइड्रोपावर, मानुषी लघुवित्त, विशाल बजार लगायत आधा दर्जनबढी कम्पनीको मूल्य ८ प्रतिशत बढीले घटेको छ ।

 

घट्दो बजारमा आज गोर्खाज फाइनान्सका सेयरधनीले भने सबैभन्दा धेरै ९.४५ प्रतिशत कमाएका छन् ।

राष्ट्रिय गौरवका ६ सडक : कुनै कछुवाको तालमा, कुनै धमाधम काम हुँदै, यस्तो छ पछिल्लो अवस्था Read Previous

राष्ट्रिय गौरवका ६ सडक : कुनै कछुवाको तालमा, कुनै धमाधम काम हुँदै, यस्तो छ पछिल्लो अवस्था

निफ्रालाई ८७ बुँदे निर्देशन : लाभांशमा कडाइ, धितो बेच्न पाउने, यस्ता छन् नयाँ व्यवस्था Read Next

निफ्रालाई ८७ बुँदे निर्देशन : लाभांशमा कडाइ, धितो बेच्न पाउने, यस्ता छन् नयाँ व्यवस्था