आँधिओखा लघुवित्तले पहिलो पटक घोषणा गर्‍यो लाभांश

काठमाडौं । आँधिओखा लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

 

लघुवित्त सञ्चालक समितिको मंसिर २६ गते बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी कुल २० लाभांश दिने प्रस्ताव गरेको हो ।

 

लघुवित्तले सेयरधनीलाई लाभांश दिएको यो पहिलो पटक हो । धौलागिरि लघुवित्तसँग मर्जर सम्झौता सम्झौता गरे पनि सफल हुन नसकेको लघुवित्तको विगत २ वर्षदेखि सेयर कारोबार रोक्का छ ।

 

लघुवित्तले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन् ।

गुडविल फाइनान्सको लाभांश घोषणा, बोनस र नगद कति ? Read Previous

गुडविल फाइनान्सको लाभांश घोषणा, बोनस र नगद कति ?

निजी क्षेत्रले भरपर्दो आधार देखाए विद्युत व्यापारको अनुमति दिइने Read Next

निजी क्षेत्रले भरपर्दो आधार देखाए विद्युत व्यापारको अनुमति दिइने