सेयर बजारमा भीषण पहिरो, यी हुन् धेरै मूल्य घट्ने १२ कम्पनी

काठमाडौं । सेयर बजारमा भीषण पहिरो गएको छ । खुलेदेखि निरन्तर ओरालो लागेको बजार ८८ अंकले घटेको हो ।

 

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर धितो कर्जाकामा कडाइ गरे यता ओरालो लागेको बजार अझै लयमा फर्किएको छैन । पछिल्लो समय बैंकिङ प्रणालीमा भएको तरलता अभावले पनि बजारलाई प्रभाव पारेको देखिन्छ । पछिल्लो ४ महिनामा मात्रै नेप्से ८०० बढी अंकले घटेको छ ।

 

आइतबार सेयर बजार मापक सूचक नेप्से ८८.७० अंकले घटेर २३६१.१७ विन्दुमा आइपुगेको छ । आज २२८ कम्पनीको ३ अर्ब ३८ करोड २५ लाख ९ हजार ५२० रुपैयाँ बराबरको ७४ लाख ६० हजार ८७४ कित्ता सेयर किनबेच भएका छन् ।

 

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएको छ । व्यापार समूह सबैभन्दा धेरै ७.४५ प्रतिशतले घटेको छ । त्यस्तै, विकास बैंक समूह ६.४५ प्रतिशतले घटेको छ ।

 

आज मञ्जुश्री फाइनान्सको सर्वाधिक कारोबार भएको छ । यसको ३१ करोड रुपैयाँको कारोबार भएको छ । यस्तै, नेशनल हाइड्रोपावरको १३ करोड र नबिल बैंकको ११ करोडको कारोबार हुँदै सर्वाधिक कारोबार हुने कम्पनीको शीर्ष तीनमा रहे ।

 

उच्च अंकले घटेको बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । नयाँ सारथी लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले घटेको छ भने लक्ष्मी इक्वीटी फण्डको करिब १० प्रतिशतले घटेको छ ।

 

त्यसैगरी, नेशनल हाइड्रो डेभलपर ९.०५, जोशी हाइड्रो ८.९६, एनआरएन इन्फ्रास्ट्रक्चर ७.१९, सिन्धु विकास, एक्सेल डेभलपमेन्ट, बोटलर्स नेपालको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको छ । त्यस्तै, विशाल बजार वरुण हाइड्रोपावर, एनएमबी, मेरा माइक्रोफाइनान्स लगायत १ दर्जन कम्पनीको मूल्य ५ प्रतिशतबढीले घटेको छ ।

 

घट्दो बजारमा आज मञ्जुश्री फाइनान्सका सेयरधनीले भने सबैभन्दा धेरै ४.५५ प्रतिशत कमाएका छन् ।

झन्डै १५ लाखले पाउने आइपीओ आउँदै Read Previous

झन्डै १५ लाखले पाउने आइपीओ आउँदै

केबलकार 'हब' बन्दै तनहुँ, बन्दीपुरपछि छिम्केश्वरीमा निर्माण गरिँदै Read Next

केबलकार 'हब' बन्दै तनहुँ, बन्दीपुरपछि छिम्केश्वरीमा निर्माण गरिँदै