फरवार्ड माइक्रोफाइनान्सको बम्पर लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बम्पर लाभांश घोषणा गरेको छ ।

 

माइक्रोफाइनान्स सञ्चालक समितिको मंसिर २१ गते बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई ३५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ७ प्रतिशत नगद गरी कुल ४२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

 

माइक्रोफाइनान्सले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन् ।

 

हाल ६२ करोड ५५ लाख १९ हजार २५० रुपैयाँ चुक्ता पूँजी रहेको फरवार्डको बोनस वितरणपछि चुक्ता पूँजी ८४ करोड ४४ लाख ५० हजार ९८७ रुपैयाँ पुग्नेछ ।

गाडी किन्न बैंकहरूले दिए पौने २ खर्ब ऋण, कुनले कति ? Read Previous

गाडी किन्न बैंकहरूले दिए पौने २ खर्ब ऋण, कुनले कति ?

अष्ट्रेलिया बन्यो विश्वकै सबैभन्दा बढी मदिराले ‘मात्ने’ मुलुक, धेरै पिउने फ्रान्स Read Next

अष्ट्रेलिया बन्यो विश्वकै सबैभन्दा बढी मदिराले ‘मात्ने’ मुलुक, धेरै पिउने फ्रान्स