नारायणी विकास बैंकले पुस ७ देखि हकप्रद जारी गर्ने, कहिलेसम्म सेयर किनेकाले भर्न पाउँछन् ?

काठमाडौं । नारायणी विकास बैंकले पुस ७ गतेदेखि हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकले हाल कायम चुक्ता पूँजीको १ः१ अनुपातमा हकप्रद जारी गर्न लागेको हो ।

 

बैंकले प्रतिकित्ता १०० रुपैयाँ दरले १३ करोड १२ लाख ३४ हजार रुपैयाँ बराबरको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद जारी गर्ने भएको हो ।

 

हकप्रद निष्काशनका लागि बैंकले मंसिर २४ गते बुकक्लोज गरेको थियो ।त्यस अनुसार मंसिर २३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनी मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् ।

 

बैंकको हकप्रद सेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । बैंकको हकप्रदमा ग्लोबल आइएमई क्यापिटल, नारायणी डेभलपमेन्ट बैंकका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन पाइने छ । साथै, सी-आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरोसेयरमार्फत पुस २७ गतेसम्म आवेदन दिन पाइने छ ।

 

बैंकको हकप्रदलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी आइआर सिंगल सी प्लस’ रेटिङ्ग दिएको छ । यसले बैंकको वित्तीय दायित्व पूरा गर्न उच्च जोखिममा रहेको संकेत गर्दछ।

 

हाल १३ करोड १२ लाख ३४ हजार चुक्ता पूँजी रहेको बैैंकको १ः१ अनुपातमा हकप्रद जारी पछि चुक्ता पूँजी २६ करोड २४ लाख ६८ हजार पुग्नेछ ।

उपत्यका विस्तारका ९ सडक निर्माण चैत भित्र सम्पन्न गरिने, कुन सडकको कति बाँकी छ काम ? Read Previous

उपत्यका विस्तारका ९ सडक निर्माण चैत भित्र सम्पन्न गरिने, कुन सडकको कति बाँकी छ काम ?

'सम्पत्ति यस्तै बेलामा चाहिने हो' भन्दै हेलिकोप्टर चार्टर्ड गरेर दुलही लिन गएपछि... Read Next

'सम्पत्ति यस्तै बेलामा चाहिने हो' भन्दै हेलिकोप्टर चार्टर्ड गरेर दुलही लिन गएपछि...