सेयर बजारमा पहिरो, यी हुन् धेरै मूल्य घट्ने ८ कम्पनी

काठमाडौं । सेयर बजारमा पहिरो गएको छ । आइतबारदेखि ओरालो लागेको बजारमा बुधबार सामान्य सुधार आए पनि आज फेरि उच्च अंकले घटेको हो ।

 

यससाता समग्रमा नेप्से १४५ अंकले घटेको छ । सूचकमा भारी गिरावट आए पनि कारोबार रकममा भने सामान्य बढोत्तरी भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ६७ करोडले बढेर साढे ३ अर्ब पुगेको छ ।

 

सेयर बजार मापक सूचक नेप्से ४९.०४ अंकले घटेर २५८४.६१ विन्दुमा आइपुगेको छ । बिहीबार २३१ कम्पनीको ३ अर्ब ४१ करोड ३५ लाख ८९ हजार १२६ रुपैयाँ बराबरको ७९ लाख ३२ हजार ७३१ कित्ता सेयर किनबेच भएका छन् ।

 

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएको छ । विकास बैंक समूह सबैभन्दा धेरै ३.८२ प्रतिशतले घटेको छ । यस्तै, अन्य र फाइनान्स समूह पनि ३ प्रतिशभन्दा धेरैले घटेको छ ।

 

आज महालक्ष्मी विकास बैंकको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै साढे १२ करोड रुपैयाँको कारोबार भएको छ । यस्तै, हिमालयन डिस्ट्रीलरी साढे ११ करोड र नेशनल हाइड्रो ११ करोडको कारोबार हुँदै सर्वाधिक कारोबार हुने कम्पनीको शीर्ष तीनमा रहे ।

 

उच्च अंकले घटेको बजारमा पनि आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । न्यादी हाइड्रोपावर र सामलिङ पावर कम्पनीका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् ।

 

घट्दो बजारमा आज कर्पोरेट डेभलपमेन्ट बैंकका सेयरधनीले सबैभन्दा धेरै ६.८० प्रतिशत गुमाएका छन् । यसैगरी, मैलुङ खोला ६.७५, श्री इन्भेष्टमेन्ट, युनाइटेड इदी मार्दी, गुडविल फाइनान्स, रिलायन्स फाइनान्स, मनकामना स्मार्ट लघुवित्त र समृद्धि फाइनान्सका लगानीकर्ताले ५ प्रतिशतभन्दा धेरै गुमाएका छन् ।

उद्योगले मागेजति बिजुली पाए कति घट्छ सिमेन्टको भाउ ? Read Previous

उद्योगले मागेजति बिजुली पाए कति घट्छ सिमेन्टको भाउ ?

आधा समय सकिँदा पनि सुरु भएन स्याफ्रुबेँसी-रसुवागढी सडक निर्माण Read Next

आधा समय सकिँदा पनि सुरु भएन स्याफ्रुबेँसी-रसुवागढी सडक निर्माण