काठमाडौं । मुक्तिनाथ विकास बैंकको लाभांश पाउन सेयर किन्ने आज (मंसिर १४ गते) अन्तिम दिन रहेको छ । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट घोषणा गरेको १८.५ लाभांश सुरक्षित गर्न सेयर किन्ने आज अन्तिम दिन हो ।
बैंकले साधरणसभा प्रयोजनका लागि भोलि (मंसिर १५ गते) बुकक्लोज मिति तोकेको छ । तसर्थ, आजसम्म नेप्सेमा कारोबार भइ कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।
मुक्तिनाथले गत आर्थिक वर्षको नाफाबाट १७.५७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ०.९२५ प्रतिशत नगद गरी कुल १८.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न बैंकले मंसिर २५ गते १५औं वार्षिक साधारण सभा बोलाएको छ ।
प्रस्तावित लाभांश बैंकको आगामी साधरण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।