समिट लघुवित्तको लाभांश घोषणा

काठमाडौं । समिट लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

 

लघुवित्त सञ्चालक समितिको सोमबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई २५.२८ प्रतिशत बोनस सेयर लाभांश दिने प्रस्ताव गरेको हो ।

 

समिटले सजिलो लघुवित्तसँग मर्जर गरेकाले बोनसमा कर नलाग्ने भएकाले नगद भने छुट्याएको छैन ।

 

लघुवित्तले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन् ।

 

हाल ३९ करोड ४३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको बोनस वितरणपछि चुक्ता पूँजी ४९ करोड ४० लाख रुपैयाँ पुग्नेछ।

'जनताको जलविद्युत्'का ३ आयोजना : चर्चा धेरै, काम सुस्त, कुनको कति पूरा भयो काम ? Read Previous

'जनताको जलविद्युत्'का ३ आयोजना : चर्चा धेरै, काम सुस्त, कुनको कति पूरा भयो काम ?

मुक्तिनाथ विकास बैंकको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Next

मुक्तिनाथ विकास बैंकको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन