चितवनबाट सवारीचालक अनुमतिपत्र नवीकरण सुरु, अनलाइनबाटै टोकन

काठमाडौं । यातायात व्यवस्था सेवा कार्यालय वाग्मती प्रदेश, भरतपुर चितवनले सवारीचालक अनुमतिपत्र नवीकरण कार्य प्रारम्भ गरेको छ ।

 

सेवाग्राहीको यही मङ्सिर १२ गतेदेखि सवारीचालक अनुमतिपत्र नवीकरण गरिने सेवा कार्यालय प्रमुख विनोद पौडेलले जानकारी दिए ।

 

स्मार्ट सवारीचालक अनुमतिपत्र भएका सेवाग्राहीले सेवा कार्यालय, भरतपुर चितवनको वेबसाइट Tmsochitwan.bagmati.gov.np मार्फत ई टोकन लिएर मात्र सवारी चालक अनुमतिपत्र नवीकरण गर्न सक्नेछन् ।

 

कागजी सवारीचालक अनुमतिपत्र भएका सेवाग्राहीले Edlrs–smart मा अद्यावधिक गर्नुपर्ने छ ।

जडीबुटी उत्पादन कम्पनी ४० वर्षपछि नाफामा, आइपीओ जारी गर्ने Read Previous

जडीबुटी उत्पादन कम्पनी ४० वर्षपछि नाफामा, आइपीओ जारी गर्ने

मौद्रिक नीति समीक्षामा गरिएका ९ व्यवस्थाले बैंकिङ प्रणालीमा कस्तो पार्छ असर ? Read Next

मौद्रिक नीति समीक्षामा गरिएका ९ व्यवस्थाले बैंकिङ प्रणालीमा कस्तो पार्छ असर ?